७ वैशाख २०८१ शुक्रबार
राजनीति

भदौ २७ र २८ मा नेकपाको बृहत कार्यकर्ता प्रशिक्षण हुने

इलाम - पार्टी एकताको सन्देश दिँदै कार्यकर्तामा पार्टी र सङ्गठनको विषयमा जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को इलाममा दुईदिने बृहत कार्यकर्ता प्रशिक्षण हुने भएको छ।     

यहीं भदौ २७ र २८ गते चल्ने प्रशिक्षण कार्यक्रममा केन्द्रीयस्तरका सात नेताको सहजीकरण रहने नेकपा इलामले जानकारी दिएको छ। सहजीकरणका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य तथा प्रदेश संयोजक देवराज घिमिरे र डा. विजय पौडेलले प्रशिक्षण दिनेछन्।    

पार्टी जिल्ला कार्यालयको भदौ ८ मा बसेको बैठकले बृहत रुपमा कार्यकर्ता प्रशिक्षणको आयोजना गर्ने निर्णय गरेको हो। प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु, सल्लाहकार कमिटीका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीका सदस्यहरु र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीका सदस्यहरु सहभागी हुने जनाइएको छ।     

प्रशिक्षणमा जिल्लास्तरीय विभागका सदस्य, नगर र गाउँ कमिटी पदाधिकारी, कार्यालय सदस्यहरु, वडा कमिटीका पदाधिकारी अध्यक्ष, सचिव र जनसङ्गठनका केन्द्रीय सदस्य जिल्ला पदाधिकारी सहभागी हुनेछन्।रासस

प्रकाशित: २२ भाद्र २०७६ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App