coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मुस्लिम संघको निर्णयः अनुशासन कमिटी गठनदेखि १ लाख मुस्लिमलाई सदस्यता वितरणसम्म

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट नेपाल मुस्लिम संघले अनुशासन समिति गठनदेखि एक लाख मुस्लिमलाई सदस्यता वितरणसम्मका निर्णय गरेको छ। 

संघका अध्यक्ष अध्यक्ष अब्दुल सतारले पत्रकार सम्मेलनमार्फत ७ वटा निर्णय सार्वजनिक गरेका छन्। जसअनुसार आगामी मंसिर महिनाभित्र १ लाख मुस्लिमलाई  क्रियाशील सदस्य बनाउने संघको लक्ष्य छ। 

त्यस्तै, भदौ २४ गतेबाट सुरु हुने कांग्रेसको दोस्रो चरणको जागरण अभियानलाई सफल बनाउन संघका केन्द्रीय सदस्य खटाउने निर्णय भएको छ। 

त्यतिमात्रै होइन संघमा आवद्ध सदस्यलाई मर्यादित र अनुशासित ढंगबाट संघका गतिविधि संचालन गर्न उपाध्यक्ष हाजी रफिक मियाको संयोजकत्वका अनुशासन समिति गठन गर्ने निर्णय पनि भएको अध्यक्ष सतारले बताए। 

संघको विधान अनुसार प्रादेशिक कार्यसमिति गठन गर्न बाँकी रहेका प्रदेशमा अविलम्ब समिति गठन गर्ने, मुस्लिम संघलाई चुस्त दुरुस्त बनाउनका लागि कार्यकाल पुरा भएका जिल्लामा कात्तिक मसान्तभित्र जिल्लाका सबै तहको निर्वाचन सम्पन्न गरि अनिवार्य रुपमा जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि भएको छ। 

अध्यक्ष सतारका अनुसार पार्टीको सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै आगामी मंसिर महिनाभित्र लोकतन्त्रप्रति आस्था राख्ने कम्तिमा १ लाख मुस्लिमलाई संघको क्रियाशील सदस्यता वितरण गरिने छ। 

निर्णयअनुसार कांग्रेसको केन्द्रीय नीति, अनुशासन तथा प्रशिक्षण प्रतिष्ठानसँग समन्वय गरी हरेक जिल्लामा कांग्रेसमा आवद्ध मुस्लिमहरुका लागि प्रशिक्षण कार्यक्रम संचालन गरिने छ। 

मुस्लिम धर्मावलम्बीहरुको चाडपर्वमा विगतदेखि दिँदै आएको सार्वजनिक बिदा कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कटौती गरेको तथा संविधानले व्यवस्था गरेको क्लस्टरलाई बेवास्ता गरी एकलौटी रुपमा अन्तरिम संविधानको व्यवस्था भनि लोकसेवा आयोगको विज्ञापनमा मुस्लिम लगायतका समुदायलाई सार्वजनिक सेवा तथा रोजगारीको अवसरबाट बन्चित गराएकोप्रति बैठकले गम्भीर आपत्ति जनाएको छ। साथै अन्य समुदायसँग समन्वय गरी आफ्नो हक अधिकारको रक्षाका लागि सशक्त ढंगबाट आन्दोलनका कार्यक्रम अघि बढाउने संघको निर्णय छ। 

प्रकाशित: २२ भाद्र २०७६ १०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App