coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेयर नपरेको पैसा पाँच वर्षसम्म फिर्ता नलिए कोषमा जाने

काठमाडौं- पब्लिक लिमिटेड कम्पनीले वितरण गर्ने लाभांश पाँच वर्षसम्म पनि लिन नगएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने भएको छ। कम्पनी रजिस्ट्रार कार्यालयले नेपाल स्टक एक्सचेन्जमार्फत सबै सूचीकृत कम्पनीलाई सर्कुलर पठाउँदै यस्तो जानकारी दिएको हो।

लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ स्वीकृत भइसकेकाले यसमा भएको प्रावधान अनुसार पाँच वर्षसम्म दाबी नभएको लाभांश कोषमा जाने व्यवस्था गरिएको हो। यसैगरी, आइपीओ लगायतका सेयर भरेका लगानीकर्ताले पनि सेयर नपरेको रकम पाँच वर्षसम्म फिर्ता लिन नगएमा कोषमै पठाउनुपर्ने भएको छ।

यसअघि पाँच वर्षसम्म लाभांश लिन नगएका लगानीकर्ताको रकम एक महिनाभित्र कोषमा पठाउने व्यवस्था गर्न पनि कम्पनी रजिस्ट्रार कार्यालयले निर्देशन दिएको छ।

प्रकाशित: ३ मंसिर २०७३ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App