८ वैशाख २०८१ शनिबार
समाज

ओनिम्स अध्यक्षमा शान्ति बज्राचार्य

काठमाडौं– गणित विज्ञानमा नेपाली महिला (ओनिम्स)को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले प्रा. डा. शान्ति बज्राचार्यको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमति चयन गरेको छ। 

नयाँ कार्य समितिको उपाध्यक्षमा निलम सुवेदी, सचिवमा धनकुमारी थापा, सहसचिवमा अन्जना पोखरेल, कोषाध्यक्षमा बिन्द्रादेवी शाक्य चयन भएका छन्। त्यस्तै सदस्यहरुमा डा. सरस्वती आचार्य, तारा पौडेल, रचना जोशी, सरला लुइँटेल, गोमा श्रेष्ठ र सुस्मिता पाठक चयन भएको ओनिम्सले जनाएको छ।

साथै ओनिम्सले एक अक्षय कोष खडा गरेको छ। प्रा. डा. राममान श्रेष्ठले ५० हजार रुपैयाँ प्रदान गरेर स्थापना गरेको कोषमा नवनियुक्त अध्यक्ष बज्राचार्यले २५ हजार रुपैयाँ प्रदान गरेकी थिइन भने नुतन ढुंगानाले १० हजार रुपैयाँ प्रदान गरेको कार्यसमिति सदस्य सुस्मिता पाठकले जानकारी दिइन्।

प्रकाशित: २२ भाद्र २०७६ १०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App