८ वैशाख २०८१ शनिबार
राजनीति

न्यायोचित कर निर्धारण गर्न हृदयेश त्रिपाठी माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद हृदयेश त्रिपाठीले न्यायोचित रुपमा कर निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले प्रतिव्यक्ति आयको अनुपातमा नेपाल करको दरमा सर्वाधिकमा पर्ने भन्दै उनले औचित्यपुर्ण करको व्यवस्था गर्न माग गरेका हुन्।

न्यायालयका दुईथरि निर्णयका कारण ठूलो मात्रामा राजश्व संकलन प्रभावित बनेको उल्लेख गर्दे उनले एनसेलबाट कर असुली गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

उनले भने ‘कर उठाउने नै हो भने एनसेल संग उठाऔ । जसलाई अदालतले घरि उठाउने घरि रोक्ने भन्छ। त्यताबाट उठाऔं। अदालतकै फैसलाको आधारमा झण्डै झण्डै ९ खर्ब राजश्व उठ्न बाँकी छ।’

जनताबाट संकलित राजश्व विकास खर्चमा नलगाएर साधरण खर्चमा प्रयोग गर्दा  सरकारको लोकप्रियतासँगै करको औचित्यमाथि पनि प्रश्न उठ्ने गरेको भन्दै उनले  संकलित कर विकास खर्चमा प्रयोग गर्ने व्यवस्था मिलाउन माग गरे। सिमा क्षेत्रमा भारतबाट आउने गाडीलाई दिदै आएको सुविधा कटौति गर्ने काम गरिएकोमा पनि उनले आपत्ती जनाए। अनलाईनको नाममा त्यस्ता सवारी साधनलाई दिदै आएको सुविधा कटौती गर्ने कानुन सर्वसाधरणमाझ मुल्य वृद्धि र सामाजिक सद्भाव विथोल्ने कानुनको रुपमा देखिएको आरोप पनि उनले लगाए।   

उनले स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला काठमाडौंको जग्गा अतिक्रमणको विषयमा अध्ययन गर्न पुर्वसचिव रामबहादुरको आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएकोमा पनि आपत्ती जनाए। सो प्रतिवेदनमा १८ हजार ९ सय ४१ रोपनी र २ आना ३ पैसा जग्गा अतिक्रमित भएको उल्लेख भएको र अतिक्रमणमा उच्च वर्गकै संलग्नता रहेकाले उनीहरुकै दबाबमा सरकारले प्रतिवेदन सार्वजनिक गर्न नसकेको दाबी पनि उनले गरे। उनले समिति गठन गर्ने, प्रतिवेदन बनाउने तर र सार्वजनिक नगर्ने परम्परागत रोगको अन्त्य गर्दै गिरिशचन्द्र लाल आयोग लगायत विगतका सपुर्ण अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

सांसद भिमसेनदास प्रधानले पशुपतिनाथको आरती कार्यक्रम भन्दा अगाडि नेपालको राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था समग्र धमर्, परम्परा तथा संस्कृति विरुद्ध भएको भन्दै निर्णय पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराए। पशुपति आर्यघाटमा आरती मात्रै नभई दाहसंस्कार गर्ने मलामी तथा किरियापुत्रीहरु पनि हुने भएकाले दुःखको समयमा रहेका र दाहसंस्कारमा रहेकाहरुले राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिन नसक्ने भन्दै उनले सरकारको निर्णयले राष्ट्रिय गानकै अनादर गरेको टिप्पणी गरे। उनले भने “बारम्बार किन सरकारले विवादित कुरा ल्याउँछ? सरकारको अहिले यति साख गिरेको छ। हामीलाई चिन्ता लागेको छ। यस्तै यस्तै कारणले गणतन्त्रमाथि नेपाली जनताको अनास्था प्रकट भएको छ।”

सरकारका पछिल्ला निर्णयले पञ्चायतको पुनरावृत्ती जस्तो देखिएको भन्दै उनले जहाँ पायो त्यहाँ राष्ट्रिय गान बजाएर राष्ट्रिय गानप्रति सम्मान भन्दा अपमान हुने र गरिमा घटाउने काम हुने भन्दै त्यस तर्फ सरकारलाई सचेत गराए। केही दिन अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिको आरती अगाडि राष्ट्रिय गान बजाउनुपर्ने भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको थियो।

प्रकाशित: २२ भाद्र २०७६ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App