कैदीबन्दीका लागि आँखा शिविर

आइतबार, २२ भदौ २०७६, ११ : ४५ नागरिक

जलेश्वर- नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।     

गत साउन महीनामा आएको भीषण बाढीमा जलेश्वर कारागार जलमग्न भएकाले विभिन्न रोगको सङ्क्रमण हुनुका साथै आँखा सम्बन्धी समस्या समेत भएपछि कारागार कार्यालय महोत्तरीको आग्रहमा नेत्र ज्योति सङ्घ, नेपाल रेडक्रस सोसाइटीले जलेश्वर कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको जेलर कन्हैयाकुमार मिश्रले बताए।     

सो शिविरमा एक सय दुई जना पुरुष र २६ महिला गरी १ सय २८ जना कैदीबन्दीको आँखाको उपचार गरिएको थियो। उपचारको क्रममा ६१ कैदीबन्दीमा आँखा पाक्ने समस्या, ४२ मा चश्मासम्बन्धी समस्या, सात जनामा मासु पलाएको समस्या, छ जनामा मोतियाविन्दु र १२ जनामा कुनै समस्या नरहेको फेला परेको दृष्टि विशेषज्ञ वीरेन्द्र यादवले बताए।     

आँखा जाँचको क्रममा समस्या देखिएका सबै कैदीबन्दीलाई निःशुल्करूपमै औषधिसमेत दिइएको थियो। साथै मोतियाविन्दु फेला परेका छ र मासु पलाएका सातमध्ये एक गरी जम्मा सात जनालाई नेपाल रेडक्रस सोसाइटी शाखा बर्दिबासमा आइतबार वा सोमबार निःशुल्क शल्यक्रिया गरिने जलेश्वर कारागारका सूचना अधिकारी मकसुदन महासेठले बताए।     

कैदीबन्दीमा बाढीपछि देखिएको आँखासम्बन्धी समस्याको कारागारमै निःशुल्करूपमा उपचार पाएपछि सबै कैदीबन्दी निकै खुशी भएको चौकीदार (मूलकैदी) श्यामसुन्दर यादवले बताए।

हाल महोत्तरीको जलेश्वर कारागारमा ४ सय ५४ पुरुष, ४५ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५ सय ३ कैदीबन्दी छन्।रासस








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad