८ वैशाख २०८१ शनिबार
खेल

भारतको गतिलो सुरुवात

विशाखापट्टनम- कप्तान विराट कोहली र चेतेश्वर पुजाराको ब्याट मजाले चलेपछि भारतले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा बिहीबार पहिलो दिन सानदार सुरुआत गरेको छ। कोहली र पुजारा दुवैले शतक बनाएको दिन यहाँ भारतले चार विकेट क्षतिमा ३ सय १७ रन जोडेको छ। इङ्ल्यान्डका सिमरले घरेलु टोलीका ओपनरलाई चाँडै पवेलियन फर्काएपछि कोहली र पुजाराले तेस्रो विकेटमा २ सय २६ रनको महŒवपूर्ण साझेदारी गरे।

२ सय ४ बल खेलेका पुजाराले २ छक्का र १२ चौकासहित १ सय १९ रन बनाए। उनलाई चोटबाट पुनरागमन जनाएका जेम्स एन्डरसनले विकेटकिपर जोनी बेरिस्टोको हातबाट क्याच गराए। एन्डरसनले अगस्टयता खेलेको यो पहिलो प्रतिस्पर्धात्मक खेल हो। १ सय ५१ रनमा अविजित कोहलीले २ सय ४१ बल खेल्दै १५ चौका प्रहार गरे। उनलाई रविचन्द्रन अश्विन (१) ले क्रिजमा साथ दिइरहेका छन्।

एन्डरसनले तीन विकेट लिने क्रममा भारतका ओपनर मुरली विजय र अजिन्क्या रहानेलाई पनि पवेलियनको बाटो देखाए। इङ्ल्यान्डको अर्को विकेट स्टुवार्ट ब्रोडले लिए। ब्रोडले भारतका ओपनर लोकेश राहुललाई खाता खोल्न नदिई बेन स्टोक्सको हातबाट क्याच गराए। राहुल दोस्रो ओभरको पाँचौं बलमा आउट हुँदा टस जितेर ब्याटिङ रोजेको भारतले ६ रनमात्र जोडेको थियो। गत महिना कानपुरमा न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्ने क्रममा दायाँ ह्यामस्टिङमा चोट लागेपछि उनी आराममा थिए। चोट जित्दै पुनरागमन जनाए पनि बिहीबार उनको प्रदर्शन भने राम्रो हुन सकेन।

अर्का ओपनर विजय २१ बलमा चार चौकासहित २० रन बनाएको अवस्थामा एन्डरसनको बलमा बेन स्टोक्सबाट क्याच भए। भारतका लागि रहानेले २३ रन जोडे।पाँच टेस्ट शृंखलाअन्तर्गत नोभेम्बर ९ देखि १३ सम्म राजकोटमा सम्पन्न पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो।

प्रकाशित: ३ मंसिर २०७३ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App