महालक्ष्मी नगरपालिकामा घरजग्गा विवादको उजुरी ठूलो सँख्यामा

आइतबार, २२ भदौ २०७६, ११ : २० नागरिक

ललितपुर- महालक्ष्मी नगरपालिका न्यायिक समितिमा घरजग्गा विवादका उजुरी सङ्ख्या धेरै दर्ता भएका छन्।

बाबुबाजेको नाममा घरजग्गा रहने, उनीहरुको मृत्युपछि सो घरजग्गा भोगचलन गर्ने नातिपनातिको पालामा परिवार सङ्ख्या बढ्दै जाँदा बस्न अपुग भई समस्या भएका कारण अन्यत्र बास हाल्न बाध्य भएर उजुरी हालेको देखिन्छ।     

विगतका दुई आर्थिक वर्ष २०७४/७५ मा २६ र २०७५/७६ को असार मसान्तसम्ममा सो नगरपालिकामा ६२ गरी कूल ८८ उजुरी दर्ता भएको नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक निर्मला थापाले जानकारी दिइन्।   

“यस नगरपालिकामा अन्य शीर्षकको उजुरीको तुलनामा घरजग्गा विवादका उजुरी बढी नै परेका छन्”, थापाले भनिन्, “नगरपालिकामा परेका कूल उजुरीमध्ये ३४ घरजग्गा विवादका मात्र छन, ती उजुरीमा १२ फछ्र्योट भइसक्यो भने २२ फछ्र्योट हुन बाँकी नै छ”।     

यसैगरी नगरपालिकामा सार्वजनिक सरोकार (सडक वा भवन) विषयक २६ विवादका उजुरी परेका छन्। सोमध्ये आठ फछ्र्योट भइसक्यो भने १८ विवादको किनारा लाग्न बाँकी नै रहेको न्यायिक समिति सदस्य सचिव तारा केसीले जानकारी दिइन्।    

केसीले भन्छिन्, “नगरपालिकामा घरेलु हिंसा विवादका १० उजुरी परेकामा पाँच उजुरी फछ्र्योट भइसक्यो भने पाँच किनारा लाग्न अझै बाँकी नै छ।” उनका अनुसार नगरपालिकामा अन्य शीषकतर्फको १२ उजुरी परेकामा पाँच फछ्र्योट भइसकेको छ भने यो भने सात फछ्र्योट हुन बाँकी छ।    

नगरपालिकामा ‘घर खाली गराई पाऊँ’ विषयक छ उजुरी परेका छन्। पाँच उजुरी फछ्र्योट भइसकेका छन् भने एक फछ्र्योट हुन बाँकी रहेको नगरपालिका न्यायिक समितिका कर्मचारी सिर्जना घिमिरेले बताइन्। घिमिरेले भनिन्, “यस नगरपालिकामा गत दुई आवमा परेका कूल ८८ उजुरीमध्ये ३५ फछ्र्योट भइसकेको छ, ५३ को अझै किनारा लाग्न बाँकी छन्।” नगरपालिकाले हप्ताको दुई दिन मङ्गलबार र बिहीबार न्यायिक समितिको काम गर्ने गरेको छ।    

नगरपालिकामा रहेका १० वडामध्ये ४, ५ र ८ वडाबाट १४/१४ उजुरी न्यायिक समितिमा दर्ता भएका छन्। सबै वडाको तुलनामा वडा नं १० बाट हालसम्म कुनै उजुरी न्यायिक समितिमा नपरेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ।     

तथ्याङ्कमा उल्लेख भएअनुसार सडक मिचेको, छरछिमेकीको मनमुटाव, प्रदूषण, गाली बेइज्जती, जाँड रक्सी सेवन, ज्याला मजदुरीको पारिश्रमिक नदिएको, कुलो विवाद, अर्काको बाली नोक्सान गरेको, घरपालुवा पशुपक्षी हराएको, रुख बिरुवा, घाँस, दाउरा चोरेको, ज्येष्ठ नागरिकलाई पालनपोषण नगरेको र वातावरण प्रदूषण विषयक उजुरी नगरपालिका न्यायिक समितिमा कमै परेका छन्।

नगरपालिकाले हरेक दिन न्यायिक समितिको कार्यसम्पादनमा ध्यान दिन नसकेका कारण धेरै उजुरी मेलमिलाप गराउन ढिलाइ भइरहेको बताइएको छ।रासस








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad