coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मालिंगाको उत्कृष्ट प्रदर्शन

केन्डी – लासिथ मालिंगाले करियरमा दोस्रो पटक चार बलमा चार विकेट लिएको दिन घरेलु टोली श्रीलंकाले शुक्रबार न्युजिल्यान्डसँगको अन्तिम ट्वान्टी–२० क्रिकेटमा यादगार सफलता पाएको छ। मालिंगाले ५ विकेटमा ६ रन खर्चिंदै दोस्रो पटक करियरको उत्कृष्ट प्रदर्शन गरेपछि १ सय १६ रनको झीनो लक्ष्य पछ्याएको न्युजिल्यान्ड ८८ रनमा समेटियो। यद्यपि, पाहुना टोली न्युजिल्यान्डले शृंखला २–१ ले आफ्नो बनाउन सफल भयो। ३६ वर्षे मालिंगाले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा कोलिन मुनरोलाई १२ रनमा बोल्ड गर्दै पहिलो सिकार बनाए।

त्यससँगै ट्वान्टी–२० क्रिकेटमा सयौं विकेट पूरा गर्ने पहिलो बलर बनेका मालिंगाले पाहुना टोलीको इनिङसमेत धराशयी बनाउन सुरु गरेका थिए। त्यसपछि मालिगांले चौथो बलमा हामिस रुथरफोर्ड र पाचौं बलमा कोलिन डी ग्रान्डहोमलाई आउट गर्दै ह्याट्रिक पूरा गरेपछि छैटौं बलमा रस टेलरलाई पवेलियन फर्काउँदै लगातार चार विकेट लिए। त्यससँगै न्युजिल्यान्डको खातामा १५ रन हुँदा चार विकेटको पतन भयो।

‘मेरा लागि सदैव योर्कर उत्कृष्ट बलिङ हो, सो बलिङ गर्नका लागि योर्कर नै फ्याँक्ने गर्छु,’ मालिंगाले भने, ‘तर सही दिशा र लाइनमा फ्याँक्न सके मात्र राम्रो बलिङ हुन सक्छ। श्रीलंकाका लागि खेल्दा विकेट टेकिङ बलरको रूपमा चिनिन्छु। त्यसैले राम्रो खेल्नुको विकल्प छैन। साथै आज जित पनि निकाल्यौं। त्यसैले निकै खुसी छौं।’ मालिगांले आगामी ट्वान्टी–२० विश्वकपअगाडि युवा खेलाडीलाई आफ्नो अनुभव प्रदान गरिरहेको समेत बताए।

लगातार चार विकेट पतन भएको यो तेस्रो पटक हो। त्यसअघि सन् २००७ को विश्वकपमा मालिंगाले नै दक्षिण अफ्रिकाविरुद्ध पहिलो सफलता हात पारेका थिए। त्यसपछि यसै वर्ष अफगानिस्तानका रासिद खानले उक्त सफलता दोहो¥याए। मालिंगाले अन्तर्राष्ट्रिय करियरमा पाँचौं पटक ह्याट्रिकसमेत गरेका छन्। यसमा दुई पटक ट्वान्टी–२० र तीन पटक एकदिवसीय खेल छन्।

मालिंगाले आइतबार ट्वान्टी–२० मा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीको नामको ९८ विकेटको रेकर्ड पनि पार गरे। तेस्रो ओभरमा न्युजिल्यान्डका टिम सेइफर्टलाई आउट गर्दै मालिंगाले दोस्रो पटक ट्वान्टी–२० क्रिकेटमा पाँच विकेटको सफलता हात पारे। सन् २०११ मै टेस्ट क्रिकेटबाट संन्यास लिएका मालिंगाले गत जुलाइमा एकदिवसीयबाट पनि बिदा लिइसकेका छन्।

तर, उनले पछिल्ला समय ट्वान्टी–२० क्रिकेटमा सुधार गर्दा ७६ खेलमै १ सय ४ विकेट पूरा गरेका छन्। शुक्रबार कप्तान मालिंगालाई साथ दिने क्रममा अकिला धनञ्जयले दुई तथा लक्षन सन्दकन र वानिन्दु वासारंगाले समान एक विकेट लिएपछि न्युजिल्यान्ड १६ ओभरमा समेटिएको थियो।

न्युजिल्यान्डका कप्तान टिम साउथीले सर्वाधिक योगदान दिँदा २८ रनमा नटआउट रहेका थिए। त्यसअघि न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनर र टोड एक्टलेले समान तीन विकेट लिँदै घरेलु टोलीलाई सस्तैमा समेटे पनि ब्याटिङमा साथ नपाउँदा टोलीले हार बेहो-यो।

दोस्रो ओभरमा न्युजिल्यान्डका टिम सेइफर्टलाई आउट गर्दै मालिंगाले दोस्रो पटक ट्वान्टी–२० क्रिकेटमा पाँच विकेटको सफलता हात पारे।

प्रकाशित: २२ भाद्र २०७६ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App