वासिङटन (अमेरिका) - गैरआवसिय नेपाली संघ अमेरिकाले आगामी आइसिसि निर्वाचनलाई मध्यनजर गर्दै अमेरिका क्षेत्रबाट आइसिसिका आकांक्षीहरुलाई एकै थलोमा जम्मा गरी छलफल चलाएको छ। अमेरिका क्षेत्रबाट सबैभन्दा धेरै सदस्य संख्या भए पनि आइसिसिमा बलियो उपस्थिति जनाउन नसकेकाले आकांक्षी उम्मेदवारका निर्वाचन एजेण्डाको छलफल र आपसी एकता कायम गराउने उद्देश्यले अन्तरक्रिया गरिएको संस्थाका अध्यक्ष सुनिल साहले बताए।
सदस्यको संख्यात्मक दृष्टिले होस् वा परोपकारी कामका लागि गरिएको योगदानका दृष्टिले अमेरिकाको योगदान अन्य एनसिसिभन्दा अधिक भए पनि आइसिसिमा उपस्थिति जनाउन नसक्नुमा आपसी एकता नभएकाले सबै उम्मेदवारलाई एकै थलोमा आमन्त्रण गरिएको संस्थाका शाहले बताए। ‘अमेरिकाका उम्मेदवारलाई जिताउन निर्वाचनको दिनसम्म सबैखालको प्रयास जारी रहनेछ। मैले विगतमा ५ वटा निर्वाचनमा सहभागी भए पनि सफलता हात लागेन,’ उनले भने, ‘हाम्रो कोसिस कम भयो कि भन्ने लागेर साथीहरुलाई एकै थलोमा राखी छलफल चलाएका हौं।’
कार्यक्रममा अमेरिकाबाट अघिल्लो आइसिसि निर्वाचनमा उपाध्यक्षमा निर्वाचन लडेका एनआरएन अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जिसीले आइसिसिमा चुनाव जित्न एसिसिको विशेष भूमिकाको साथै अन्तर्राष्ट्रिय रुपमा नै सम्पर्क सञ्जाल बनाउनुपर्ने र त्यसका लागि सबैले आपसी सहकार्य गर्नुपर्नेमा जोड दिए।
अमेरिकाबाट आइसिसिका लागि उपाध्यक्ष पदका लागि पोनाम लामा, रविना थापा, महासचिवमा निर्वामान अध्यक्ष डा. केशव पौडेल, सचिवमा वर्तमान क्षेत्रीय संयोजक गौरी जोशी र सहकोषाध्यक्षमा पूर्वक्षेत्रीय सहसंयोजक एसी शेर्पाले उम्मेदवारी दिने बताएका छन्। न्यूयोर्कमा सम्पन्न टाउन हल छलफलमा उम्मेदवारबीचको अन्तरक्रिया र एनसिसिले गरेको पहलले एनआरएन अमेरिकाले आफ्नो क्षेत्रमा चुनावी परिणम ल्याउन खेलेको भूमिका बारे चर्चा भएको थियो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत