साढे पाँच महिनामै जन्मियो शिशु, उपचारमा आर्थिक समस्या

आइतबार, २२ भदौ २०७६, ०७ : ५३ शिखरजंग श्रेष्ठ

सोलुखुम्बु - सोलुखुम्बुमा एक महिलाले २२ हप्तामै शिशु जन्माएकी छिन्। सामान्यतया ९ महिनामा जन्मनु पर्नेमा थुलुङ दूधकोसी गाउँपालिका–५ जुबुकी २० वर्षीया सुस्मा बस्नेतले गर्भ बसेको २२ हप्तामै शिशु जन्माएकी हुन्। शुक्रबार बिहान जिल्ला अस्पताल फाप्लुमा बच्चा जन्माएको अस्पतालका प्रमुख डा. रमिन महर्जनले जानकारी दिए।

जन्मँदा तौल मात्र ९ सय ग्राम रहेको र गर्भावस्थाको उमेर नपुग्दै जन्मेकाले बच्चालाई अहिले एनआईसियूमा अक्सिजन, स्लाइन र औषधि दिएर राखिएको छ। आमाको अवस्था भने सामान्य रहेको र डिस्चार्ज भइसकेको डा. महर्जनले बताए।

बच्चाको फोक्सोलगायत अंगको विकास नभएकाले एनआईसियूमा राखिएको अस्पतालले जनाएको छ। शनिबारसम्ममा शिशुको एक सय ग्राम तौल वृद्धि भइसकेको स्वास्थ्यकर्मीले बताएका छन्। ‘जिल्लामा बाल विशेषज्ञ छैनन्।

काठमाडौं लैजान परिवारको आर्थिक अवस्था कमजोर रहेकाले जिल्लामै उपचार गरिरहेका छौं,’ प्रमुख डा. महर्जनले भने, ‘पहिले नेपालमै ६ सय ग्रामसम्मको शिशु बचाउन सफल रहेको उदाहरणले नवजात शिशुलाई बचाउन सकिने आशा छ तर यसै भन्न नसकिन्न।’

शिशुको अहिले जिल्ला अस्पतालमा निःशुल्क उपचार भइरहेको छ। बाहिरी संसारमा बाँच्न सक्नेगरी अंगहरूको विकास हुनुपर्ने भएकाले एनआईसियूमा कति समय राख्नुपर्ने भनेर तोक्न नसकिने डा. महर्जनले बताए।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad