सिङ्गो गाउँ नै भाइरल ज्वरोबाट सङ्क्रमित

शनिबार, २१ भदौ २०७६, १८ : ५६ नागरिक

बेझाड- पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ । यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् ।

गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि गाउँपालिकाले शिविर नै खडा गरेर स्वास्थ्य उपचार सेवा दिएको स्वास्थ्य शाखा उपसंयोजक मोहन ढकालले बताए । भाइरल ज्वरोका बिरामीमध्ये १७ जना विद्यार्थी रहेका छन् । शिविरमार्फत निःशुल्क स्वास्थ्य उपचार तथा औषधि दिइएको छ ।

गाउँपालिकाका अन्य क्षेत्रमा पनि फाट्टफुट्ट मात्रामा भाइरल ज्वरोका बिरामी देखापरेका छन् । जिल्लाको तानसेन, रामपुर क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामी देखिएका छन् । भाइरल ज्वरोबाट बच्न जिल्लाका सबै स्वास्थ्य संस्थामा बिरामीको राम्रो रेखदेख र सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।  

प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, उमालेको पानी मात्र प्रयोग गर्ने, दोहोरो हावा आउने शान्तपूर्वक ठाउँमा बस्ने, भीडभाडमा नजाने, हात नमिलाउने, अङ्कलमाल नगर्ने र कुनै स्वास्थ्य समस्या भएमा नजीकको स्वास्थ्य संस्थामा उपचार तथा सल्लाह लिन जाने गरेमा भाइरल ज्वरोबाट बच्न सकिने सूचना अधिकारी ज्ञवालीको सुझाव छ ।

रुघाखोकी लागेजस्तो हुनु, ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, नाकबाट सिँगान बग्नु, शरीर दुख्नु, खान मन नलाग्ने जस्ता भाइरल ज्वरोको लक्षण हुन् । स्वास्थ्य संस्थामार्फत नागरिकलाई भाइरल ज्वरोबाट सचेत रहन विभिन्न जनचेतना दिइएको छ ।

कोठाबाट सेवा दिदा महिला बिरामीलाई सास्ती 

रामपुर नगरपालिका–१० को शहरी स्वास्थ्य केन्द्रमा महिला बिरामीलाई सेवा लिन समस्या परेको छ । सेवा लिन पुगेका कतिपय महिलाभित्रै नपसी बाहिरबाटै फर्कने गरेको पाइएको छ ।

महिलासम्बन्धी विभिन्न समस्या लिएर स्वास्थ्य केन्द्रमा पुगेका बिरामी अझै पनि डर र लाजका कारण आफ्ना समस्या बताउन हिचकिचाउने गरेको पाइएको छ । कतिपय महिला स्वास्थ्यकर्मीलाई बाहिर बोलाएर मात्र आफ्ना समस्या बताउने गर्छन् भने कतिपय भित्र अन्य बिरामी तथा पुरुष स्वास्थ्यकर्मी देखेपछि उपचार नै नगराई अर्को दिन स्वास्थ्य केन्द्रमा पुग्ने गरेका छन् ।

गर्भवती, महिलासम्बन्धी विभिन्न रोगका बिरामी डर र लाजका कारण सेवा लिन हिचकिचाउने गरेको स्वास्थ्य केन्द्रका अनमी बिन्दु पाण्डेय अधिकारी बताउँछिन् । “एक जना पुरुष स्वास्थ्यकर्मी हुनुहुन्छ, उहाँलाई बाहिर पठाएर मात्र जाँच गर्ने गरेका छौँ, गर्भवती तथा महिलासम्बन्धी विभिन्न समस्या भएका बिरामीले कोठा बाहिरै बोलाएर समस्या बताएर मात्र भित्र पस्ने गर्नुहुन्छ”, उनले भनिन् ।

अन्य बिरामीको तुलनामा महिला बिरामीलाई कोठा अभावमा जाँच गर्न अप्ठ्यारो परेको उनी बताउँछिन् । स्वास्थ्य केन्द्रमा महीनामा १० जनाको हाराहारीमा गर्भवतीले सेवा लिने गरेको पाइएको छ । कोठाको अभाव हुँदा सेवा लिनका लागि पालो पर्खेर बस्नु परेको गर्भवती महिला सविता भण्डारीको भनाइ छ । “घरबाट बल्लबल्ल समय निकालेर आयो, समयमै परीक्षण गर्न नपाउँदा समस्या भएको छ” उनले भने ।

“गर्भवती जाँच गराउन दुई–तीन घण्टा पालो पर्खनुपर्छ, सबैका अगाडि जाँच गर्न र आफ्ना समस्या बताउन अप्ठ्यारो हुन्छ”, भण्डारीले गुनासो गरे । एउटै कोठामा सबै बिरामीलाई राखेर स्वास्थ्य परीक्षण गरिने हुँदा महिला आफ्ना समस्या बताउन लजाउने गर्छन् ।

अधिकांश महिलाले घरपरिवार, आफन्तको डर र लाजका कारणले खुलेर आफ्ना स्वास्थ्य समस्या बताउन नचाहेको पाइन्छ । स्थानीय आमा समूहको सानो भवनबाट सेवा दिन समस्या परेको शहरी स्वास्थ्य केन्द्रका प्रमुख जगन्नाथ भण्डारी बताउँछन् । रासस








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad