coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भारतको सहयोगमा कोटेश्वर क्याम्पसको नयाँ भवन, राजदूत पुरीले गरे उद्घाटन

काठमाडौं– भारत सरकारको अनुदान सहयोगमा राजधानीको कोटेश्वर क्याम्पसको नयाँ भवन निर्माण भएको छ। भारतको ४ करोड ५१ लाख लागतमा निर्माण भएको तीन तले भवनको शनिबार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले उद्घाटन गरेका छन्। 

नयाँ भवनमा १८ कक्षाकोठा लगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका लागि छुट्टै कक्ष रहेका छन्। साथै छात्र र छात्राका लागि छुट्टै शौचालयको व्यवस्था रहेको छ। 

सन् १९९० मा स्थापना भएको कोटेश्वर बहुमुखी क्याम्पसमा हाल ३ हजार ७ सय  विद्यार्थी अध्ययनरत छन्। जसमध्ये ६० प्रतिशत छात्रा छन्।

क्याम्पसले स्नातक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकी सङ्काय र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। साथै उच्च माध्यमिक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकी सङ्कायका विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

उद्घाटन समारोहमा पूर्व परराष्ट्रमन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे, पूर्वपरराष्ट्र सचिव मदन भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागिता थियो।

नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा लिइएको छ। शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूर्णता दिने पूरकको रुपमा यो परियोजना सञ्चालन गरिएको भारतीय दूतावासले जनाएको छ। 

प्रकाशित: २१ भाद्र २०७६ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App