coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चन्द्रयान–२ असफल भएपछि मोदीलाई अंगालेर रोए इसरो प्रमुख (भिडियोसहित)

एजेन्सी - भारतको महत्वकाक्षीं अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख कैलासवटिवु शिवनले अंगालो हालेर रोएका छन् । प्रधानमन्त्री मोदी इसरो मुख्यालय पुगेर सम्बोधन गर्ने क्रममा इसरो प्रमुखलाई अंगालो हालेर रोएका हुन्।

शिवन रुन थालेपछि मोदीले उनलाई अंगालो हालेर पिठ्युमा थपथपाएका भिडियो विभिन्न भारतीय संचारमाध्यममा सार्वजनिक भएको थियो। मोदीले भावुक शिवनलाई हौसला दिइरहेको भिडियो अहिले भारतीय समाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ ।

इसरोको मुख्यालयमा सम्बोधन गर्ने क्रममा मोदीले एक दिन भारतले चन्द्रमा यान अवतरण गर्न निश्चित रुपमा सफल हुने बताएका थिए । मोदीले सम्बोधनका क्रममा ज्ञानको सबैभन्दा ठूलो शिक्षक विज्ञान भएको भन्दै विज्ञानमा कुनै विफलता नहुने, प्रयोग र प्रयासमात्र हुने बताएका थिए ।

इसरोका अध्यक्ष के शिवनले भने, ‘विक्रम ल्याण्डर योजना अनुसार नै अवतरणको क्रममा थियो, चन्द्र सतहबाट २।१ किलोमिटरको दूरीसम्म सबै सामान्य थियो। तर त्यसपछि सम्पर्क टुट्यो। हाल डेटाको समीक्षा भइरहेको छ।’

सबै राम्रो भइरहेको थियो, तर अन्तिम समयमा इसरोको केन्द्रमा तनावको अवस्था सिर्जना भएको र वैज्ञानिक चिन्तामा देखिएका थिए। त्यसको केही समयपछि इसरोका अध्यक्षले वक्तव्य जारी गरेर इसरोसँग सम्पर्क टुटेको जानकारी दिएका हुन्।

चन्द्रयान–२ विक्रमको सम्पर्क विच्छेदबाट हतास र निरास नहुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई आग्रह गरेका छन्। अगष्ट २० तारिखका दिन चन्द्रमाको कक्षमा प्रवेश गरेको भारतीय चन्द्रयान–२ विक्रम गत शनिबार चन्द्रमाको सतह नजिक पुगेको थियो। योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा उत्रनु पर्दथ्यो।

प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुसँग भने, ‘जीवनमा उतार चढाव आउँछन्। सम्पर्क टुट्ने बेलासम्म मैले देखिरहेको थिएँ। प्राप्त भएको उपलब्धी पनि सानो होइन। देशले तपाईँहरुसँग गर्व गरेको छ। यो अभियानले धेरै कुरा सिकाएको पनि छ।’

विक्रमको सम्पर्क विच्छेदले भारतीय वैज्ञानिकहरुमा चिन्ता थपेको छ। भारतले पहिलो पटक २००८ मा पठाएको चन्द्रयान १ ले चन्द्रमाको बाहिरी सतहमा पानी भएनभएको भन्नेबारे सूचना पृथ्वीमा पठाएको थियो।

यस असफलतापछि भारतको अन्तरिक्ष कार्यक्रमको एउटा महत्वकांक्षी अभियान असफल हुन पुग्यो । तर, थोरै बजेटमा भारतले पछिल्लो एक दशकमा ठूला–ठूला शक्ति राष्ट्रको हाराहारीमा सफलता हासिल गरिसकेको छ । यस अघि सन् २००८मा पठाइएको चन्द्रयान–१ ले चन्द्रमा पानी रहेको पत्ता लगाएको थियो । त्यस्तै सन् २०१४मा भारत मंगलग्रहमा यान पु¥याउने चौथो राष्ट्र भएको थियो । चीनभन्दा पनि अघिनै मंगलग्रहमा अन्तरिक्ष यान पु¥याउन सक्नुलाई ठूलो सफलताको रुपमा हेरिएको थियो ।

प्रकाशित: २१ भाद्र २०७६ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App