डेङ्गुविरुद्ध अभियानः खोज र नष्ट गर

शनिबार, २१ भदौ २०७६, १३ : २६ नागरिक

बागलुङ - डेङ्गुको सङ्क्रमण फैलन नदिन यहाँ ‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ। जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि सरोकार भएका पक्षले उच्च सतर्कता अपनाएका हुन्।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार शुक्रबार सदरमुकामभित्र लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम भएको छ। खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको पानी खाली गरी सफाइ गरिएको थियो।

“सचेतनामूलक प्रभातफेरीसँगै सम्भावित ठाउँको सरसफाइ पनि गर्यौं” स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले भने। निजामती सेवा दिवस–२०७६ मूल समारोह समितिले सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो।

स्वास्थ्य कार्यालय, बागलुङ नगरपालिकालगायतका सङ्घसंस्थाले अभियानको संयोजन गरेका थिए। प्रभातफेरीमा निजामती कर्मचारीसहित, सेना, प्रहरी, सामाजिक अभियन्ता, स्वयंसेवक, पत्रकारलगायत सहभागी थिए। सो अवसरमा सर्वसाधारणलाई डेङ्गु रोगसम्बन्धी सन्देशमूलक पर्चासमेत वितरण गरिएको थियो। स्वास्थ्य कार्यालयले सदरमुकाममा ‘माइकिङ’ र सञ्चारमाध्यममार्फत सचेतना जगाउने काम पनि गरिरहेको छ। जोखिम रहेसम्म ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिइनेछ।

शुक्रबार नै गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको निर्देशनमा अस्पताल, स्वास्थ्यकर्मी, औषधि व्यवसायीबीच डेङ्गु नियन्त्रणका विषयमा छलफल भएको छ। शनिबार मजदुर र श्रमिकबीचमा डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ।

जिल्लाका १० स्थानीय तहले पनि डेङ्गुविरुद्ध सचेतनामूलक कार्यक्रम गर्न शुरु गरेका छन्। स्वास्थ्य कार्यालयले डेङ्गुको शङ्का लागेमा तुरुन्त धवलागिरि अञ्चल अस्पतालमा जाँचको लागि आउन आग्रह गरेको छ। “शङ्कास्पद बिरामीलाई अल्झाएर नराखी तुरुन्त अञ्चल अस्पतालमा पठाउन अन्य स्वास्थ्य संस्थालाई पनि अनुरोध गरेका छौँ”, क्षयकुष्ठ सुपरभाइजर घिमिरेले भने।

डेङ्गुको जाँच र उपचार सेवा अञ्चल अस्पतालमा मात्र उपलब्ध छ। अस्पतालका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालका अनुसार लक्षण देखिनासाथ डेङ्गुको जाँच गर्ने गरिएको छ। “जाँच र उपचारका लागि अस्पताल सधैँ तयारी अवस्थामा छ”, उनले भने। जाँचका लागि आएका एक जनामा डेङ्गुको सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ।

काठेखोला गाउँपालिकाका २० वर्षीय युवा डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाइएको छ। यस्तै बागलुङका अन्य दुई जना सङ्क्रमित व्यक्ति अहिले पोखरामा उपचाररत छन्। उनीहरु जिल्लाबाहिर रहेका बेला डेङ्गु पहिचान भएको थियो। जिल्लामै सङ्क्रमित भेटिएपछि डेङ्गुको जोखिम बढेको छ।

“लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गु रोकथामको सबैभन्दा उत्तम विकल्प हो”, क्षयकुष्ठ सुपरभाइजर घिमिरेले भने, “सर्वसाधारण स्वयं बढी सचेत हुन आवश्यक छ।” स्वास्थ्य कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर नराख्न, शरीर ढोक्ने गरी लुगा लगाउन सबैमा अनुरोध गरेको छ।

डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। उक्त लामखट्टेले दिनमा मात्र टोक्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्। डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन्। डेङ्गको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गरिन्छ।

गत वैशाखमा सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले ४२ भन्दा बढी जिल्लामा देखा परेका छन्। सरकारले डेङ्गु नियन्त्रणका लागि उच्च सतर्कता र सक्रियतासमेत बढाएको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad