केही दिनअघि अस्ट्रियाकी २३ वर्षीया फ्रान्जेस्का मारिनोभिक ललितपुर पाटनस्थित भीमसेन मन्दिरको गजुर सरसफाइ गर्दै थिइन्। मन्दिर सफा गर्न उनले हातमा कपास र पानी बोकेकी थिइन्।
‘मन्दिरको छानाको सौन्दर्य नबिगारी काम गरिरहेकी छु,’ उनले भनिन्। उनी मात्र होइन, अष्ट्रियाका आठ शिक्षक–विद्यार्थीको समूह नेपालका ऐतिहासिक सांस्कृतिक सम्पदाको जर्गेना गर्न नेपाल आएको छ।
अस्ट्रियाको इन्स्टिच्युट अफ कन्जरभेसन एण्ड एप्लाइड आर्टस्का शिक्षक–विद्यार्थी समूह नेपाल आएको हो। इन्स्टिच्युटले हरेक वर्ष नेपालका सम्पदा संरक्षणका लागि विद्यार्थी पठाउने गरेको छ। यस वर्ष उनीहरू भीमसेन मन्दिर जीर्णोद्वार र सफाइका लागि आएका हुन्।
इन्स्च्यिुटकी शिक्षिका क्याटरिना पछिल्ला दस वर्षदेखि काठमाडौं उपत्यका र पुरातत्व विभागसँग काम गरिरहेको बताउँछिन्। इन्स्च्यिुटकी विद्यार्थी मार्टिना हेसलबर्गर नेपालको सम्पदा संरक्षणमा काम गर्न पाउँदा खुसी छिन्। ‘नेपालका सांस्कृतिक सम्पदाको संरक्षणका क्षेत्रमा काम गर्न पाउँदा गर्व लाग्छ,’ उनले सुनाइन्। उनी ९ वर्षदेखि सम्पदा संरक्षणका लागि नेपाल आउने गरेको बताउँछिन्। ‘यो काममा रमाइलो लाग्छ,’ उनले सुनाइन्।
अस्ट्रियाको समूहलाई नेपाली विद्यार्थीले पनि साथ दिइरहेका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीले उनीहरूलाई मन्दिर सफाइमा सघाइरहेका हुन्।
अष्ट्रियन शिक्षिकासँगै मूर्ति सफाइमा खटिएका छन्, लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययनरत २७ वर्षीय सरोज महर्जन। उनले मूर्ति, गजुरको सरसफाइ गरिरहेको बताए। ‘हामीले पुरातत्व विभाग र संग्रहालयसँग स्वीकृति लिएर काम गर्छाैं,’ उनले सुनाए। विदेशीसँगै काम गर्दा नयाँ कुरा सिक्न पाइने उनले सुनाए।
पाटन दरबार संग्रहालयका सूचना अधिकारी सुरेशमान लाखेले विदेशीको समूह नेपाल आएर सम्पदा सफाइ गरिरहेको बताए। यसरी आउनेहरू सरकारसँग एक वर्षअघि सम्झौता गरेर मात्रै आउने गरेको उनी सुनाउँछन्।
विदेशीहरू संवेदनशील भएर काम गर्ने गरेको उनी बताउँछिन्। त्यही भएकाले पनि मन्दिरका सामग्री टुटफुटमा डर नहुने गरेको उनको भनाइ छ।
विदेशीहरू नेपाल आउँदा नेपाली विद्यार्थीले नयाँ ज्ञान सिकेको र काम गर्ने नयाँ शैलीलाई अनुसरण गर्न पाएको उनको भनाई छ। उक्त समूह १६ दिनअघि नेपाल आएको हो। उनीहरूसँगै पुरातत्व विभागबाट विज्ञ र संग्रहालयका कर्मचारी पनि खटिन्छन्। उक्त समूह अझै दुई हप्ता नेपाल बस्ने सूचना अधिकारी लाखेले बताए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत