७ वैशाख २०८१ शुक्रबार
अन्य

रोकियो जंग हिरण्य हेम नारायण मन्दिरको पुनर्निर्माण

राजधानीको त्रिपुरेश्वरस्थित जंग हिरण्य हेम नारायण मन्दिर पुनर्निर्माण अघि र पछि। तस्बिर : सुधामसु केसीको ट्विटरबाट।

राजधानीको त्रिपुरेश्वरस्थित जंग हिरण्य हेम नारायण मन्दिरको पुनर्निर्माण रोकिएको छ। पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको मन्दिरमा गजुर नहालेपछि काम रोकिएको हो।

२०७२ सालको विनाशकारी भूकम्पले मन्दिरमा क्षति पु¥याएको थियो। मन्दिर काठमाडौं महानगरपालिका वडा ११ मा पर्छ। वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तन्डुकारले मन्दिरको गजुर नहालेकाले पुनर्निर्माणमा रोक लगाएको बताए। ‘पुरातात्व विभागले निर्माण गरिरहेको मन्दिरको गजुर नभेटिएको भन्दै गजुर नराखी पुनर्निर्माण गरेपछि निर्माण रोक लगाएका छौं,’ उनले भने।  उनले मन्दिरको गजुर राखेर पुनर्निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको र गजुर खोजी गरिरहेको बताए।

उनले भने, ‘मन्दिरको नागसहितको गजुर कहाँ छ भनेर खोजी गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छौैँ।’ स्थानीय किरणकुमार शाहीले गजुर नराखी मन्दिर पुनर्निर्माण गरिएकाले पहिले र अहिलेको स्वरूप नै फरक रहेको बताए। उनले भने, ‘पहिलेको पुरानो मन्दिरको माथिको तह शिखर शैलीको थियो।

अहिले निर्माण भएको मन्दिर मण्डप शैलीको छ।’ मन्दिरको डिजाइन फेरिँदा यसको महत्व मासिएको उनको भनाइ छ। मन्दिरको डिजाइन बिगार्नु पुरातात्व विभागको लापरवाही भएको उनले बताए।

उनका अनुसार मन्दिर परिसरमा राखिएको सिंहको मूर्ति पनि मिलेको छैन। उपत्यकाका विभिन्न मन्दिरहरु अझै पुर्ननिर्माण हुन सकेको छैन। ‘एक वर्ष लगाएर बनेको मन्दिरमा यति धेरै लापारबाही गरिनु चानचुने कुरा होईन। पहिलेको गजुर कहाँ पुग्योे ? किन हालिएन? खोजी गरेर भएपनि हाल्नुपर्छ।’ उनले थपे।

उनका अनुसार उक्त मन्दिर कालोमोचनको नामले पनि चिनिन्छ। पहिले दरबारका राजाको किरिया मन्दिरमै बसिन्थ्यो। त्यसैले मन्दिरको ऐतिहासिक महŒव छ। पुरातत्व विभागका प्रवक्ता रामकुमार कुँवरले गजुर नहराएको र मन्दिर पुनर्निर्माण पनि नसकिएको बताए। ‘गजुर राखेरै मन्दिर पुनर्निर्माण गर्छाैं,’ उनले भने।

प्रकाशित: २१ भाद्र २०७६ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App