४ वैशाख २०८१ मंगलबार
समाज

घरबाट हराएकी बालिका नहरमा मृत भेटिइन्

चितवन - भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरकी ६ वर्षिय स्मृती कार्की घर नजिकैको नहरमा मृत भेटिएकी छिन्। बिहिबार बेलुकी खाना खाएर आँगनको बेञ्चीमा सुतिरहेकी बालिका करीब ९ः३० बजेबाट हराएकी थिइन्। बालिका शनिबार बिहान करिब ५ बजे घर नजिकैको नहरको कल्र्भटमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए।

बेलुकी खाना खाएपछि आमा भान्छाको काम गर्न लाग्दा बालिका हराएकी थिइन्। राति सुत्नि बेलामा खोज तलास गर्दा नभेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। बिहिबार रातिदेखि नै बालिकाको खोजी गरेपनि नभेटिएको उनले बताए। बालिकाको शव भरतपुर अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भैराखेको शाहले बताए। बालिकाको पोष्टमार्टम भैसकेपछि बालिको मृत्यु र घटनाका कारण बारेमा भन्न सकिने उनी बताउँछन्।

 

प्रकाशित: २१ भाद्र २०७६ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App