coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

गोकर्णेश्वरमा बाटो मिचिएका उजुरी बढी काष्ठमण्डप

गोकर्णेश्वर नगरपालिकाको न्यायिक समितिमा बाटो मिचिएको तथा साँध सीमाना विवादका उजुरी बढी परेका छन्। गत आर्थिक वर्षमा नगरपालिकाको न्यायिक समिति तथा कानुन शाखामा दर्ता भएका १ सय ३८ उजुरीमध्ये बाटो मिचिएको तथा साँध सीमाना विवादका ९४ उजुरी छन्।

उजुरीको संख्याका हिसावमा दोस्रोमा अंश तथा मानाचामल मुद्दा छन्। यस्ता उजुरी २० वटा रहेको न्यायिक समितिले जनाएको छ। त्यस्तै, घर टहरा पर्खाल किचलोसम्बन्धी ८, लेनदेनका ७, कुटपिटका ४, सार्वजनिक जग्गा तथा कुलो विवादका ३, सम्बन्ध विच्छेदका २ उजुरी दर्ता भएको उजुरी निवेदनको विवरणमा उल्लेख छ।

गत आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये १९ को फैसला र मिलापत्र गरिएको छ। यस्तै, ८५ उजुरी तामेलीमा छन्। न्यायिक समितिका अनुसार गोकर्णेश्वर नगरपालिकामा चालु आर्थिक वर्षमा ७६ उजुरी परेका छन्। चालू वर्षमा ३ उजुरीको फैसला तथा मिलापत्र गरिएको न्यायिक समितिले जनाएको छ। गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले न्यायिक समितिमा परेका उजुरीको प्रकृति हेरेर मिलापत्र गर्ने गरिएको बताउँछन्।

गोकर्णेश्वर नगरपालिकाका अनुसार ज्याला मजदुरी नदिएको, सम्बन्ध विच्छेद, सरकारी, सार्वजनिक वा सामुदायिकबाहेक निजी घरको जग्गा मिचेकोलगायत प्रकृतिका उजुरीलाई स्थानीय सरकार संचालन ऐनको दफा ४७ को उपदफा २ बमोजिम न्यायिक समितिले मेलमिलापको माध्यमबाट निरुपण गर्छ।

प्रकाशित: २१ भाद्र २०७६ ०५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App