coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले टहरो पुरिँदा दुई बालकको मृत्यु

फाइल तस्बिर

नुवाकोट–अविरल वर्षासँगै पहिरो जादाँ नुवाकोटको बुङताङ– ४ मा टहरा पुरिदाँ दुई बालककोे ज्यान गएको छ। भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका मेघबहादुर तामाङको घर पुरिदाँ १३ वर्षका छोरा आइतराम तामाङ र ६ वर्षका आशिस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। स्थानीयका अनुसार पहिरोबाट भाग्ने क्रममा बिमला तामाङ घाइते भएकी छिन्।

घर भन्दा १ सय ५० मिटर माथिबाट पहिरो खस्दा मेघबहादुरको टहरा पुरिएको स्थानीयले बताए । टहरासँगै गोठ पुरिदाँ एउटा भैसी र दुई वटा बाख्रा पनि पुरिएको प्रहरीले जनायो। मेघबहादुरको परिवार भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका थिए।

यस्तै विजुलीको पोल सार्ने क्रममा खानीगाउँ ४ ढिकुरेमा एक जनाको मृत्यु भएको छ। ढिकुरे ४ खानीगाउँमा मछिन्द्र थापाले चलाएको सुर्यमति फर्निचर उद्योगको विजुलीको पोल सार्ने क्रममा सूर्यमति २ का २७ वर्षका श्याम रिजालको उपचारको क्रममा त्रिशुली सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनामा घाइते भएका सोही ठाउँका ५० वर्षका केशव न्यौपानेको अबस्था गम्भिर रहेको जनाएको छ ।

अविरल वर्षासँगै नुवाकोटको उत्तरी गाउँ तुप्चे र मनकामना जोड्ने पक्की पुलको आधा भाग बगाएको छ। पुलको आधा भागमा खोलाले क्षति पुर्याएपछि नुवाकोटको उत्तरी ५ गाउँको आवतजावत अबरुद्ध भएको छ । पुल भत्कदाँ साल्मे, भाल्चे, फिकुरी, मनकामना, काउले गाविसका प्रभावित भएका छन् ।

पहिरोकै कारण रसुवाको स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको सडक अबरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार मंगलबार राति गएको पहिरोका कारण पासाङल्हामु सडक मार्गको राम्चे र मुलखर्क अबरुद्ध भएकाले खुलाउने कार्य भइरहेको छ । सडक अबरुद्ध भएपछि धुन्चे, स्याफ्रुवेशीबाट काठमाडौं जान सकिरहेको छैन ।

 

प्रकाशित: १५ असार २०७३ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App