१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ यु–१८ का लागि दोस्रो चरणको छनोट

काठमाडौं – नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि २५ खेलाडीको नाम सार्वजनिक भएको छ। नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले शुक्रबार प्रारम्भिक चरणमा रहेका ३० खेलाडीबाट २५ खेलाडी छनोट गरेका हुन्। अन्तिम २३ खेलाडीको नाम भने एक साता पछि मात्र सार्वजनिक गर्ने प्रशिक्षक श्रेष्ठले बताए।

‘एकै पटक कम खेलाडी घटाउँदा खेलाडीमा नैराश्यता देखिने भएकाले दोस्रो चरणमा ५ खेलाडीलाई हटाएका हौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘एक साताको अभ्यासमा कुनै खेलाडीमा केही देखिन्छ कि भनेर दोस्रो चरणको छनोटमा २५ खेलाडी समावेश गरेका हौं। एक साता अभ्यास पछि फाइनल टोलीको घोषणा गर्छौ।’

यस्तै कोरियाको एकेडेमीमा खेल्दै आएका मनीष डाँगीलाई पनि समावेश गरिएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। ‘मनीषले ‘सी’ डिभिजन लिगमा राम्रो प्रदर्शन गरेका थिए। म आपैmंले उनको खेल हेरेको छु। सिनियर प्रशिक्षक र पदाधिकारीसँगको सल्लाहमा उनलाई समावेश गरेका हौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘विदेशी एकेडेमीमा पनि खेलेको अनुभव उनीमा छ। साथै छोटो अभ्यासमा पनि उनले राम्रो प्रदर्शन गरेका छन्।’

साफ यु–१८ फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ। सशस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा दक्षिण एसियाका ६ टोलीले सहभागिता जनाउँदैछन्। नेपाल समूह ‘ए’ मा रहेको छ। यो समूहमा नेपालसँगै पाकिस्तान, माल्दिभ्स, भुटान छन्। नेपाल यसअघिका दुवै संस्करणको च्याम्पियन टोली हो।
यस्तै समूह ‘बी’ मा भारत, बंगलादेश र श्रीलंका रहेका छन्। प्रतियोगितामा नेपालले माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
 

प्रकाशित: २१ भाद्र २०७६ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App