८ वैशाख २०८१ शनिबार
खेल

नेपालको खराब सुरुआत

काठमाडौं – यु–१९ एसिया कपको पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग ६ विकेटले निराश भएको छ। शुक्रबार नेपालले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो। वर्षाले खेल प्रभावित बनेपछि खेल ४२ ओभरमा घटाइएको थियो।

श्रीलंकाका ओपनर कामिल मिश्राले ५५ रनको योगदान गर्दा आहान विकारामसिङ्गेले ३० रन जोडे। मिश्राले ६२ बलमा तीन चौका र २ छक्का प्रहार गर्दा विकारामसिङ्गेले २ चौका प्रहार गरे।

नेपालका रसिद खानले २ तथा सागर ढकाल र पवन सर्राफले समान १ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रनको योगफल तयार पारेको थियो। दोस्रो इनिङमा पनि वर्षा भएपछि श्रीलंकाले १ सय ५९ रनको नयाँ लक्ष्य पायो। त्यसअघि १६ रन जोड्दा ओपनर पवन सर्राफलाई गुमाएको नेपालले थप ८ रन जोड्दा आसिफ सेखलाई पनि गुमायो।

तेस्रो विकेटका लागि ओपनर रित गौतम र कप्तान रोहितकुमार पौडेलले ९१ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरेका थिए। तर त्यसपछि आएका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न सकेनन्। ३०औं ओभरको पहिलो बलमा रित र ३५औं ओभरको चौथो बलमा रोहित पवेलियन फर्किएपछि नेपालको रन  गति रोकियो। रितले ८५ बलमा ४ चौका प्रहार गर्दा ८० बल खेलेका रोहितले १ चौका हिर्काए। रासिद १५ रनमा अविजित रहे।

समूह ‘बी’ अन्तर्गत शुक्रबारै भएको खेलमा बंगलादेशले युएईलाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। नेपालको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र युएई छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगाानिस्तान र कुवेत छन्। ८ राष्ट्र सहभागी प्रतियोगिताको दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। शुक्रबार नेपालले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै जित निकाल्यो।


 

प्रकाशित: २१ भाद्र २०७६ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App