काठमाडौं – नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको तत्वावधान तथा काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनमा राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।
दुईदिने प्रतियोगिताको पहिलो दिन प्रिजजिङ राउन्ड सम्पन्न भयो। यसै प्रतियोगिताका दौरान महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता, जुनियर मिस्टर काठमाडौं प्रतियोगिता र पुरुष स्पोर्ट्स फिजिक्समा प्रतिस्पर्धा भइरहेको छ। मिस्टर काठमाडौंमा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धा भएको थियो। प्रत्येक तौलसमूहमा शीर्ष पाँच स्थान हात पार्ने खेलाडी फाइनलमा प्रवेश गरेका छन्।
फाइनलमा प्रत्येक वजनसमूहमा पहिलो हुने खेलाडीबीच पुनः मिस्टर काठमाडौं उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। हरेक तौलसमूह शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन्। मिस्टर काठमाडौं उपाधि विजेतालाई १ लाख ५० हजार नगदबाट पुरस्कृत गरिने छ।
पुरुष स्पोर्ट्स फिजिक्समा १७० सेन्टिमिटर सम्म र १७० सेन्टिमिटर भन्दामाथि उचाई, महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता तथा जुनियर मिस्टर काठमाडौं प्रतियोगितामा समान ५–५ खेलाडी फाइनलमा पुगेका छन्। प्रतियोगितामा १ सय ३६ खेलाडीले सहभागिता जनाएको आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले जनाएका छन्। प्रिजजिङ नक्सालस्थित नक्साल बैंक्युटमा भएको थियो फाइनल शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...
वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
यसमा तपाईको मत