coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘लामो स्वरुपको पत्रकारिता महत्त्वमै'

कार्यक्रमकी प्यानलिष्ट प्रसिद्ध भारतीय कोलमिष्ट तथा लेखिका शोभा डे मायाको चिनो देखाउँदै। साथमा नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली तथा निर्देशक शोभा ज्ञवाली।

काठमाडौं- नेपाल रिपब्लिक मिडियाको आयोजनामा 'ग्रोथ वेजः मिडिया एन्ड आन्ट्रप्रेनरसिप कन्भेन्सन' बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। भारतका चार जना विशिष्ट व्यक्तित्वले परिवर्तित परिस्थितिमा मिडियामा आएको परिवर्तनले राजनीति, समाज र व्यक्तिमा पारेको प्रभावबारे सम्मेलनमा चर्चा गरेका थिए।

नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको सम्मेलनमा चर्चित भारतीय लेखिका शोभा डे, बिजनेस वर्ल्डका अध्यक्ष तथा प्रधान सम्पादक अनुराग बत्रा, लेखक सचिन गर्ग र भाइजेअम इन्डिया डेन्टसु एइगस नेटवर्कका प्रबन्ध निर्देशक श्रीपाल कुलकर्णीले आफ्ना धारणा राखेका थिए।

उनीहरूले बजारको सम्भावना खोज्न मिडियाको भूमिका उत्प्रेरक हुने धारणा राखे। व्यवसायीहरूका लागि मान्छेले कसरी सोच्छन्, कसरी व्यवहार गर्छन् र कसरी सामान किन्छन् महत्वपूर्ण हुने भन्दै उनले सामग्री बजारमा लानुभन्दा अगाडि विज्ञापनका निश्चित प्रक्रिया पूरा गर्नुपर्ने जनाए।

तर कार्यक्रममा सहभागी भारतीय लेखिका शोभा डेले विज्ञापनले मात्रै नहुने बताइन्। 'विज्ञापनले मात्रै केही हुँदैन। उत्पादन पनि चाहिन्छ,' डेले भनिन्, 'सबैभन्दा धेरै उपभोक्ता महिला रहेका छन्। महिला त्यति मूर्ख छैनन्।'

नेपाल रिपब्लिक मिडियाकी निर्देशक सम्वृद्धि ज्ञवाली

पहिला सोचिँदै आएका पम्परागत प्रवृत्ति र शैली फेरिँदै गएको उल्लेख गर्दै कुलकर्णीले समयानुकुल परिवर्तन हुनु मिडियाको अनिवार्यता भएको बताए। डिजिटल मिडियाले डिजिटल इकोनोमी सिर्जना गरिरहेको उनको भनाइ थियो। छोटो प्रस्तुतिपछि उनीसँग लाइनेज प्रालिका अध्यक्ष संकेत लामिछानेले सत्र सञ्चालन गरेका थिए।

कार्यक्रममा बिजनेस वर्ल्डका अध्यक्ष तथा प्रधान सम्पादक अनुराग बत्राले लामो रिपोर्ट प्रस्तुत गर्ने पत्रकारिता टि्वटरले विस्थापित गर्न नसक्ने बताए। लामो रिपोर्ट प्रस्तुत गर्ने पत्रकारिताको भविष्य अझै रहेको दाबी उनले गरे। 'लामो संरचनाको पत्रकारिता टि्वटरले विस्थापित गर्न सक्दैन,' उनले भने, 'लामो स्वरुपको पत्रकारिताको महत्व अझै छ, रहिरहनेछ।'

न्यु मिडियाले विश्वसनीयता जित्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। 'डिजिटल मिडियाले सही सूचना कुन हो भनेर अडियन्सलाई मिसलिड गरिरहेको छ,' बत्राले भने, 'त्यसैले न्यु मिडियाले अडियन्सको विश्वास जित्नु जरुरी छ।'

मिडिया सधैं एउटै व्यक्ति वा विषयमा मात्र केन्›ीत हुन नहुने भन्दै बत्राले नयाँ खोज र नयाँ पात्र मिडियाको मिसन हुनु पर्ने बताए। व्यवसायीलाई सम्बोधन गर्दै उनले मिडियामा जानुअघि तयारी गर्नुपर्ने ३ विषय सुझाए।

'पहिलो तयारी नगरी मिडियामा नजाऊ, दुई तत्काल धेरै अपेक्षा नगर– विश्वास र सम्बन्ध लामो समय टिकाउन तत्कालको लाभ हेर्नु हुँदैन,' उनले भने, 'तेस्रो धेरै मान्छेसँग धेरै समय नबिताऊ– आधिकारिक विषयमा कुरा गरे पुग्छ।'

आफू ब्रह्माण्डीय शक्तिमा विश्वास गर्ने भन्दै बत्राले आफ्ना व्यावसायीक योजना कुनै निश्चित रुटिनको परिणाम नभएको उल्लेख गरे। उनले भारतमा व्यवसाय शुरु गर्ने प्रमुख स्रोत 'थि्र एफ' बाट प्राप्त हुने बताए। 'फेमली (परिवार), फ्रेन्ड्स (साथीहरु), फुल (मूर्ख)बाट प्राप्त हुन्छ,' बत्राले भने। बत्रासँगको सत्र प्रिज्म एड्भर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले सञ्चालन गरेका थिए।

नेपाल आउनुको अर्को कारण अध्यात्म रहेको भन्दै भारतकी चर्चित लेखिका तथा स्तम्भकार शोभा डेले भारतले नेपाल मात्र होइन सबै छिमेकीसँग ठूलो भाइ प्रवृत्ति देखाउने गरेको भन्दै आलोचना गरिन्।

विवादास्पद टिप्पणीले बेलाबेला चर्चामा आइरहने डेले भनिन्, 'म आफूलाई विश्वास नभएको कुरा टि्वट गर्दिनँ। टि्वटरमा मैले लेख्दा त्यसको कुनै आधार हुने गर्छ।' ४२ वर्षअघि आफू नेपाल आएको सम्भि्कँदै नेपाल आउनुको अर्को कारण अध्यात्म पनि रहेको खुलाइन्।

'म दशपल्ट नेपाल आइसकेँ। यहाँ आउँदा मैले सधैँ स्नेह पाएकी छु,' उनले भनिन्, 'छोराछोरीलाई अहिले पनि नेपालमा ट्रेकिङ र अध्यात्मका लागि भ्रमण गर्न आग्रह गर्ने गरेकी छु।' डेसँगको सत्रलाई ज्योति समूहका निर्देशक सुहृद ज्योतिले सहजीकरण गरेका थिए।

भारतीय लेखक सचिन गर्गले आफ्नो लेखन यात्राको संघर्ष सुनाएका थिए। प्रत्येक लेखक उद्यमी पनि भएको बताउँदै उनले भने, 'ससाना कुराले ठूला विषयतर्फ डोर्‍याउने गर्छ।' आफैंलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले तत्कालीन प्रेमिकाले एसएमएस पढेर लेखक बन्नसक्ने भनेपछि लेख्न सुरु गरेको बताए। 'त्यसपछि मैले ब्लग लेख्न थालें अनि त्यसबाट अघि बढ्दै किताब लेखेको हुँ,' आफ्नो लेखनबारे चर्चा गर्दै गर्गले भने।

दिल्लीस्थित गर्गले प्रकाशन गृह सञ्चालन मात्रै नगरेर साहित्य महोत्सव समेत आयोजना गर्दै आएका छन्। पछिल्लो समय मिडियाभन्दा सोसल मिडियाले मान्छेलाई बढी प्रभाव पारिरहेको उनको भनाइ थियो। 'कुनै दिन ठूलो पत्रिकामा किताबबारे छापियो भने त्यसले केही व्यापार बढाउँछ। अनि टि्वटरमा फलोअर्स पनि,' गर्गले भने, 'फलोअर्सको अन्तरक्रियासँगै किताब बिक्री पनि बढ्छ।'

सहभागीलाई स्वागत गर्दै नेपाल रिपब्लिक मिडियाका निर्देशक सम्बृद्धि ज्ञवालीले यो कार्यक्रमबाट गजब सामग्री कसरी प्रस्तुत गर्ने सम्बन्धमा उपलब्धि हासिल हुने विश्वास व्यक्त गरिन्। विज्ञापनदाताका विविध आयाम हुने उल्लेख गर्दै उनले भनिन्, 'कतिपय व्यक्ति मिडियामा आउन नचाहने र कतिपय धेरै आउने चाहने हुन्छन्। हामी यो कार्यक्रमबाट दुवैका लागि मध्यम मार्ग पहिल्याउने कोसिस गर्नेछौं।'

मुख्य सत्रको अध्यक्षता अनिल चित्रकारले गरेका थिए। 'टेक द लिड' पुस्तकका लेखक उनले उत्पादन जनसमक्ष पुर्‍याउन मिडियाले सघाउने उल्लेख गरे।

प्यानलिस्टलाई नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली तथा निर्देशक शोभा ज्ञवालीले पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरे उपस्थित थिए।

तस्बिरहरुः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App