७ वैशाख २०८१ शुक्रबार
समाज

सर्वोच्चले रोक्यो शनिबार हुने एमबीबीएसको प्रवेश परीक्षा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा सर्वोच्च अदालतले तत्काल स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश तेजबहादुर केसीको इजलासले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतको प्रवेश परीक्षा नगर्न आदेश दिएको हो।

उक्त आदेशमा भनिएको छ ‘२०७५ साल फागुन १० गतेदेखि लागू भएको चिकित्सा शिक्षा ऐनको प्रावधान र अहिले विभिन्न सरकारी चिकित्सा शिक्षण संस्थाबाट निकालिएको विज्ञापनबीच तादात्म्यता मिलाउन छलफलबाट नै निर्क्यौलमा पुग्नुपर्ने देखिँदा शनिबारको प्रवेश परीक्षा सञ्चालन नगर्नु।’ 

एक विद्यार्थीले विश्वविद्यालयहरुले आफूखुसी प्रवेश परीक्षा लिएको अनि ७५ प्रतिशत छात्रवृत्ति छल्न खोजेको भन्दै एक विद्यार्थीले दायर गरेको रिट दायर गरेका थिए।

आगामी २५ गते यसबारेमा छलफल गर्न रिट निवेदक र विश्वविद्यालय पक्षलाई सर्वोच्चले बोलाएको छ।

प्रकाशित: २० भाद्र २०७६ १५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App