६ वैशाख २०८१ बिहीबार
समाज

भारतीय गाडीमा ३५ किलो गाँजासहित ३ युवा उदयपुरमा पक्राउ

पक्राउ गाँजा र व्यक्ति सार्वजनिक गर्दै सशस्त्र प्रहरी गणपति एसपी गार्धन राई । तस्विरः महेश्वर/नागरिक

उदयपुर– उदयपुरस्थित सशस्त्र प्रहरी बलको टोलीले भारतीय नम्बर प्लेटमा राखेर लैजाँदै गरेको अवस्थामा ३५ किलो गाँजासहित ३ युवालाई नियन्त्रणमा लिएको छ। जिल्लाको बेलका नगरपालिका ८ शिखरमाडीबाट बिआर ११ एफ ३२५७ नम्बरको भारतीय बोलेरोलाई मे १ च २२३३ नं. राखिएको जीपमा राखेर इटहरीतर्पm लैजाँदै गरको अवस्थामा सशस्त्र प्रहरी बल बेसक्याम्प रामपुले पक्राउ गरेको हो।

सशस्त्र गणपति एसपी गार्धन राईले विशेष सुराकीको आधारमा बेसक्याम्पबाट गएको सई शिव कार्की नेतृत्वको टोलीले दिउँसो ३ बजे उनीहरुलाई पक्राउ गरेको बताए। गाँजासहित पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका ८ का २८ वर्षीय योगेन्द्र जगमेर, धरान उपमहानगर १५ श्याम चोकका ३१ वर्षीय धर्मराज श्रेष्ठ र सो उपमहानगर ३ का २७ वर्षीय विनोद सुनार रहेका छन् । पक्राउमध्ये श्रेष्ठ जीप चालक भएको गणपति राईले बताए।

सशस्त्र प्रहरीले गण परिसरमै शुक्रबार साँझ पत्रकार सम्मेलन आयोजना गरी गाँजा र पक्राउ व्यक्तिलाई सार्वजनिक गरेको छ। एसपी राईले पक्राउ विशेष सुराकीको भरमा पक्राउ गाँजा जीपमा साधारण चेकजाँचको क्रममा नभेटिने गरी लुकाई छिपाई लान लागिएको अवस्थामा फेला परेको बताएका छन्। उनले व्यक्ति सबै आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाइने बताए।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले पक्राउ गाँजा र व्यक्ति सशस्त्रले आफुलाई बुझाएको र उनीहरुको अनुसन्धान प्रक्रिया सुरु गर्ने बताए। उनले गाँजा लादै गरेको सुराकी नेपाल प्रहरीलाई भएर इलाका प्रहरी कार्यालय रामपपुरबाट टोली खटाएको तर, सशस्त्र प्रहरीको टोली पहिले पुगेर पक्राउ गरेको बताए।

प्रकाशित: २० भाद्र २०७६ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App