coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिकर्मी दङ्गाल सम्मानित

सिन्धुपाल्चोक– पत्रकारितामार्फत सरसफाइ अभियानमा योगदान पु-याएबापत नागरिकर्मी ध्रुव दङ्गाललाई जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सम्मान गरेको छ। सिन्धुपाल्चोक खुला दिसामूक्त जिल्ला घोषणासभाको अवसर पारेर शुक्रबार दङ्गाललाई सम्मानित गरिएको हो।

सदरमुकाम चौतारामा आयोजित विशेष समारोहबीच खानेपानीमन्त्री बीना मगरले ६८ औं जिल्लाको रुपमा सिन्धुपाल्चोकलाई खुला दिसामूक्त घोषणा गरेकी थिइन्। मन्त्री मगरका साथै समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले संयुक्त रुपमा दङ्गाललाई सम्मानपत्र प्रदान गरे।

घोषणासभामा जिल्लालाई खुला दिसामूक्त बनाउन भूमिका खेल्ने पत्रकारहरु अन्नपूर्ण पोष्ट दैनिकका युवराज पुरी, राजधानी दैनिकका दिनेश थापा, रेडियो सिन्धुका टीका दाहाल, रेडियो सुनकोसीका यज्ञ दंगाल र नेपाल टेलिभिजनका नेत्रप्रसाद पौडेललाई सम्मान गरिएको थियो।

अभियन्नताहरु राजेन्द्र शर्मा, गोविन्द सापकोटा, मोहन जैसीलाई सम्मान गरियो। सरसफाइ अभियानमा सघाउने विभिन्न संघ, संस्थालाई कदरपत्र प्रदान गरिएको थियो। मन्त्री मगरले सम्मान र कदरपत्र प्रदान गरेकी थिइन्। 

प्रकाशित: २० भाद्र २०७६ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App