coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हत्यारालाई कारवाहीको माग गर्दै जलेश्वर बन्द

महोत्तरी– हत्यारालाई कारवाहीको माग गर्दै महोत्तरीको सदरमुकाम जलेश्वर बजार शुक्रबार दिन भरि बन्द गरिएको छ। जलेश्वर ६ का २४ वर्षीय सरोजकुमार साहको हत्या भएको र सो घटनामा संलग्न अपराधिलाई पक्रन स्थानिय प्रशासन गम्भीर नभएको भन्दै सदरमुकाम जलेश्वरका स्थानीय बासिन्दाले शुक्रबार दिनभर सदरमुकाम जलेश्वर बजार बन्द गरेका हुन्। हत्यारालाई चाँडो भन्दा चाँडो पक्राउ गरि सार्वजनिक गर्न दवाव दिन बजार बन्द गरिएको हो।

साउन १६ गतेका दिन युवक साहको जलेश्वर नगरपालिका–१० स्थित रातु खोलाको किनारमा शंकास्पष्द अवस्थामा सव फेला परेको थियो। युवक साहको हत्या भएको एक महिना भन्दा बढी भए पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै पीडित परिवार र जलेश्वरका बासिन्दाले शुक्रबार जिल्ला सदरमुकाम जलेश्वर बन्द गराएका हुन्। शुक्रबार बिहानैदेखि जलेश्वर बजार क्षेत्रभित्र रहेको पसल, बजार, उद्योगधन्दा र कलकारखानाहरु बन्द गराउँदै स्थानीय युवकहरुले प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रर्दशनसमेत गरेका छन्।

बन्दका कारण जलेश्वरका जनजीवन प्रभावित बनेको थियो। प्यान्ट र गञ्जी मात्रै लगाएको, नाकबाट रगत बगेको तथा शरीरको अन्य भागमा चोटपटक लागेको अवस्था सरोजको शव फेला परेकोले प्रहरीलाई घटनाबारे गहिरो अनुसन्धान गर्नुपर्ने माग स्थानीयको छ। प्रहरीले दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताएको छ।

घटना रहस्यमय रहेकाले आवश्यक अनुसन्धानमा समय लागे पनि सत्य तथ्य बाहिर ल्याएर छाडने एसपी अधिकारीले प्रतिबद्धता जनाउँदै आएका छन्। शव शंकास्पद अवस्थामा फेला परेदेखि नै मृतक साहको आफन्त र स्थानीयले उनको हत्या गरिएको भन्दै घटनाबारे गहिरो अनुसन्धान हुनुपर्ने माग गर्दै आएका हुन्। यस अघि स्थानीय र मृतकका परिवारजनले स्थानीय प्रशासनलाई पटक पटक ध्यानाकर्षण गराउनुका साथै विरोध प्रर्दशनलगायत विभिन्न दवाव मुलक कार्यक्रमहरु गर्र्दै आएका छन्।

घटनाबारे गहिरो अनुसन्धान नगरिए अपराधिलाई यथासिघ्र पक्राउ गर्न प्रहरीले तदारुक्ता नदेखाए आन्दोलनको थप कार्यक्रमहरु ल्याइने पीडित परिवारले चेतावनीसमेत दिएको छ। 

प्रकाशित: २० भाद्र २०७६ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App