coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली स्मार्ट लाइसेन्स बनाएर ठग्ने गिरोह पक्राउ

नक्कली स्मार्ट लाइसेन्स बनाएको अभियोगमा पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै बारा प्रहरी । तस्बिरः नागरिक

बारा– जिल्ला प्रहरी कार्यालय बाराले नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाएर सर्वसाधारणलाई ठग्ने तीन जनालाई शुक्रवार पक्राउ गरि सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बारामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली चालक अनुमतिपत्र बनाउने तीन जनालाई पाच थान नक्कली सवारी चालक अनुमतिपत्र र सर्वसाधारणबाट लिइएको आठ लाख २५ हजारको चेकसहित पक्राउ गरि सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा बारा प्रहरी नायब उपरिक्षक रञ्जित सिह राठौरले सुवर्ण गाउँपालिका–५ निवासी गगनदेव साह, मकवानपुर जिल्ला बकैया गाउँपालिका–८ का रामबहादुर स्याङतान र गोपालसिंह भुलुनलाई नक्कली स्मार्ट सवारी चालक बनाएर सर्वसाधारणलाई ठग्ने अभियोगमा पक्राउ गरिएको बताए।

नक्कली चालक अनुमतिपत्र बनाउने मुख्य नाइकेको रूपमा साह रहेको, बिचौलिया तथा ग्राहक खोज्ने स्याङतान र भुलुन रहेको सिंह राठौरले बताए। नक्कली सवारी चालक अनुमतिपत्र स्मार्ट कार्ड चार थान, पुरानो सवारी चालक अनुमतिपत्र एक थान र स्याङतानको नाममा विभिन्न बैंकको आठ लाख २५ हजारको चेकसहित अनुसन्धानको क्रममा तीनै जना पक्राउ गरिएको प्रहरीले दावी गरेको छ।

कलैया उपमहानगरपालिका–१ स्थित सडकबाट वितेको बुधबार साँझ पक्राउ गरि सरकारी छाप दस्तखत किर्ते मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई उनीहरुको बाँकी रहेको सहयोगीहरुको खोज्ने काम प्रहरीले गरिरहेको मुद्दा शाखाका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए।

पक्राउ परेकाहरुले सर्वसधारणसँग २५ हजारदेखि ३५ हजारसम्म प्रति सवारी चालक अनुमतिपत्र बनाए बापत रकम असुल्ने गरेकोे र स्याङतान र भुलुनले त्यस्ता व्यक्ति खोजेबापत ५ देखि १० हजारसम्म लिने गरेको प्रनाउ राठौरले पत्रकार सम्मेलनमा बताए। पक्राउ परेकाहरुले अहिलेसम्म २४ जनालाई नक्कली सवारी चालक अनुमतिपत्र वितरण गरिसकेको अनुसन्धानबाट खुलेको उनले जानकारी गराए। नाइके साहलाई यसअघि पनि तीन वटा सवारी चालक अनुमतिपत्र स्मार्ट कार्ड बनाएको घटनामा २०७५ साल बैशाख १० गते जितपुर बजारबाट पक्राउ गरिएको थियो।

उक्त घटनामा सरकारी छाप दस्तखत किर्ते मुद्दामा बारा जिल्ला अदालतले नौ हजार धरौटीमा तारिख रिहा भई २०७५ साल चैत १२ गते अदालतले साहलाई एक वर्ष कैद र ५० रूपैयाँ जरिवाना गरेपछि साह फरार रहेको राठौरले बताए। 
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको राठौरले बताए।

प्रकाशित: २० भाद्र २०७६ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App