७ वैशाख २०८१ शुक्रबार
राजनीति

निजामति सेवामा श्रेणी बिहिनलाई स्थायी गर्ने वा नगर्नेे विषयमा विवाद

काठमाडौं– संघीय निजामति सेवामा श्रेणी बिहिन पदलाई स्थायी गर्ने वा नगर्ने भन्ने विषयमा विवाद देखिएको छ। शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति सेवाको गठन, संचालन र सेवाको सर्तको सम्बन्धमा बनेको विधेयकमाथिको छलफलका क्रममा श्रेणी विहिन कर्मचारीहरुलाई स्थायी गर्ने वा नगर्ने भन्नेमा समिति सदस्यहरुबीच नै मत बाँझिएको हो।

संसदमा विधेयक प्रस्तुत गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्यालादारी वा करारमा कर्मचारी नियुक्ति गर्न नपाउने तर श्रेणी विहिन कर्मचारीको हकमा भने कार्यालयलाई तजबिजी अधिकार दिएपछि समिति सदस्यहरुले त्यसको विरोध गरेका हुन्।

समितिमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा कि सांसद पम्फा भुसालले श्रेणीविहिन पदहरु पनि स्थायी गरिनुपर्ने माग राखे।। तर नेकपाका सांसद यशोधा सुवेदी रेखा शर्माले भने श्रेणीविहिन पदहरु स्थानीय गरिनुहुन्न भन्ने मत राखे।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका सचिव यादवप्रसाद कोइरालााले श्रेणी विहिन पदहरु सेवा करार र व्यक्ति करारको माध्यमबाट लिने व्यवस्था नै उत्तम हुने धारणा राखे। अहिलेपनि श्रेणीविहिन पदहरु सम्बन्धीत् मन्त्रालयहरु र कार्यालयहरुले सेवा करार बाट नै लिईरहेको हुदा आवश्यक नदेखिएको तर्क गरे। साथै उनले श्रेणीविहिन पदहरुमा लोक सेवा आयोगले परीक्षण गर्न सक्ने अवस्था समेत नभएको हुदा स्थायी गर्नु तर्क संगत नहुने बताए।

संघीय निजामति सेवाको गठन, संचालन र सेवाको सर्तको सम्बन्धमा बनेको विधेयकमाथि समितिमा लामो समयदेखि छलफलको क्रममा छ। यो विधेयक मुल विधेयक पनि हो। यही विधेयकका आधारमा प्रदेश र स्थानीय तहका निजामति सेवाका ऐनहरु बन्नेछन्। 

प्रकाशित: २० भाद्र २०७६ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App