नागरिक समाचार प्रभाव

सिमा कार्यालय बन्द भएको विषयमा प्रशासन चासो

शुक्रबार, २० भदौ २०७६, १६ : ०८ नागरिक

सोलुखुम्बु– खुम्बुपासाङल्हमू गाउँपालिका–५ नाम्चेमा अवस्थित सीमा प्रशासन कार्यालय महिनौंदेखि बन्द भएको समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ।

कार्यालय प्रमुख नवदिप राई सम्पर्क विहिन भएपछि सिमा प्रशासनको वास्तविक अवस्थाबारे अध्ययन पछि प्रतिवेदन पेश गर्न सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईलाई अख्तियारी दिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए। उनले भने, ‘सकेसम्म छिटो प्रतिवेदन पशे गर्नका लागि अख्तियार सहित पत्र बुझाएको छु। प्रतिवेदन आएपछि दोषीलाई कारबाहीको दायरामा ल्याउछु।’

प्रतिवेदन बुझाउने जिम्मा पाएका सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भट्टराईले आगामी मंगलबारसम्म यर्थाथ प्रतिवेदन बुझाउने बताए। सिमा प्रशासन कार्यालयको अध्ययनको काम शुरु गरिसकेकाले यथासिघ्र छिटो प्रतिवेदन बुझाउने तयारीमा रहेको भट्टराईको भनाई छ।

केही दिन अघि मात्र नागरिक दैनिकले ‘प्रशासन कार्यालय बन्द हुदा सेवाग्राही मर्कामा’ शिर्षकमा समाचार छापेको थियो। महिनौंदेखि कार्यालय बन्द हुँदा खुम्बु क्षेत्रका सर्वसाधारणले नागरिकता, राहदानीलगायतका कामका लागि सल्लेरी धाउनुपरेको छ। तीन दिनको बाटो हिँडेर सल्लेरी आउनुपर्दा समय र खर्च बढेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्।

कार्यालय सहयोगीसमेत विदामा काठमाडौंमा रहेपछि रेर्कड हेर्ने कर्मचारीसमेत छैन्। जसले नागरिकताको प्रतिलिपि वितरणमा समस्या भएको छ। स्रोतका अनुसार कार्यालय प्रमुख राईले परीक्षा दिन जाने भन्दै साउनको मध्येमा खुम्बु छाडेका थिए।








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad