१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

तस्बिर: केशब थोकर

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन्।  सिंगापुरमा उपचार गरेर प्रधानमन्त्री ओली शुक्रबार थाई एअरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर गएका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनीसँगै फर्किएछन्। विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले स्वागत गरेका थिए।

विमानस्थलमा उनलाई कुरेर बसेका सञ्चारकर्मीलाई भने उनले कुनै प्रतिक्रिया जनाएनन्। प्रधानमन्त्री ओली विमानस्थलबाट सिँधै बालुवाटार लागेका छन्। उनी भदौ पाँच गते उपचारका लागि सिंगापुर गएका थिए।

प्रकाशित: २० भाद्र २०७६ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App