८ वैशाख २०८१ शनिबार
अर्थ

चार महिनामा पुँजीगत खर्च ८ प्रतिशत मात्र

चितवन– चालु आवको पहिलो चौमासिकमा करिब चितवनमा ८ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका अनुसार चालु आवको चार महिनामा पुँजीगततर्फ रु २८ करोड ८५ लाख ९६ हजार खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवप्रसाद पन्थीका अनुसार चालु आवमा पुँजीगततर्फ रु तीन अर्ब ६१ करोड २८ लाख बजेट विनियोजन भएको छ । खर्च भएको रकम कुल बजेटको ७ दशमलव ९८ प्रतिशत हो ।


पुँजीगततर्फ सबैभन्दा ठूलो रकम भएको नारायणगढ–मुग्लिन सडक आयोजनाको हालसम्म रु नौ करोड ३१ लाख मात्र खर्च भएको छ । सो आयोजनाको यस वर्षको बजेट रु एक अर्ब ५५ करोड ६६ लाख रहेको छ ।

त्यस्तै डिभिजन सडक कार्यालयको पहिलो चौमासिकमा रु ११ करो ७२ लाख मात्र खर्च भएको छ । सो कार्यालयको बजेट रु ५५ करोड रहेको छ । पछिल्लो समय हतारमा बजेट सक्ने उद्देश्यका साथ गरिने काम निरुत्साहित गर्न अहिलेदेखि नै निर्माणका क्षेत्रमा कडाइका साथ काम अगाडी बढाउनुपर्ने पन्थी बताउँछन्।

जिल्लाको चालुतर्फ ३७ दशमलव ६६ प्रतिशत खर्च भएको छ। चालुतर्फ वर्षभरको बजेट रु पाँच अर्ब ५१ करोड ७४ लाख ५५ हजार रहेकामा रु. दुई अर्ब सात करोड ८० लाख ७१ हजार खर्च भएको छ। जिल्लाको आन्तरिक राजस्व कार्यालयसहित विभिन्न कार्यालयले पहिलो चौमासिकमा रु पाँच अर्ब ४२ लाख ६७ हजार राजस्व सङ्कलन गरेका छन् । रासस

प्रकाशित: २ मंसिर २०७३ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App