मानव बेचबिखनविरुद्ध विद्यार्थी पढाउँदै प्रहरी

शुक्रबार, २० भदौ २०७६, ११ : १९ नागरिक

जाजरकोट- जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ। 

मावि तहका विद्यार्थीलाई लक्षित गरेर मानव बेचबिखन विरुद्ध सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए। विद्यार्थीलाई केन्द्रित गर्दै विद्यालयमा दुव्र्यसन विरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उनको भनाइ छ।     

एकोहोरो पाठ्यपुस्तक मात्र रटेर बसेका विद्यार्थीलाई मानव बेचबिखन विरुद्ध सचेतना प्रशिक्षणले नयाँ ज्ञान आर्जन भएको त्रिभुवन माविकी छात्रा प्रेमा कार्कीले बताइन्। लागुपर्दाथ सेवन, मानव बेचबिखन तथा ओसारपसार कसरी हुन्छ भन्ने विषयमा ज्ञान हासिल गरेको उनको भनाइ छ।

हाम्रो समाजमा हुने विभिन्न किमिसका अपराधजन्य कुरा, कानूनमा भएको सजायको व्यवस्थाका विषयमा समेत जानकारी भएको त्रिभुवन मावि नलगाड नगरपालिका–७ की छात्रा रमिता पुनले बताइन्। जाजरकोटका सात स्थानीय तहका विद्यालयमा यो कक्षा सञ्चालन गरिएको छ।     

सामुदायिक विद्यालयका कक्षा ८, ९, ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सो सम्बन्धी कक्षा सञ्चालन गरिएको हो। प्रहरीले कक्षाकोठामा विद्यार्थीलाई मानव बेचबिखन भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के–कस्तो प्रभाव पार्दछ ? लागुऔषध मानिसले के कारणले गर्दा सेवन गर्ने गर्छन् ?, लागुऔषध सेवनपश्चातका लक्षण, कुलतमा फसेकालाई सुधार गर्न सकिने उपायका साथै लागुऔषधको सेवन, बिक्री वितरण तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन २०३३ लगायत नेपालमा प्रचलित कानून र सजायको व्यवस्था बारेमा प्रशिक्षणमा जानकारी दिँदै आएको छ।     

मानव बेचविखनबाट हुने हानी, बेफाइदा कार्यमा विद्यार्थी, विद्यालय र अन्य सरोकारवाला निकायले खेल्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रीत गरी प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

झण्डै १२ देखि १९ वर्ष उमेरदेखि नै युवाहरु मानव बेचबिखन सिकार हुने भएकाले विद्यालय तहबाटै यसको निराकरणका लागि प्रहरीले चलाएको कार्यक्रम प्रभावकारी बनेको विद्यालयका शिक्षकहरुले बताएका छन्।

यस्ता खालका कार्यक्रम प्रत्येक महीना गरिनुपर्नेमा अभिभावकको जोड छ।रासस  
 








यसमा तपाईको मत

अन्य समाचार

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

एसबिएल डिबेन्चर नेप्सेमा सूचीकृत

एसबिएल डिबेन्चर नेप्सेमा सूचीकृत

सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच प्रतिकित्ता अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २५ लाख थान १०.२५...

राउन्ड टेबल नेपालद्वारा ‘उमंगको उडान’

राउन्ड टेबल नेपालद्वारा ‘उमंगको उडान’

राउन्ड टेबल नेपालले पहिलोपटक ‘उमंगको उडान’ नामक कार्यक्रम सम्पन्न भएको छ । ...

एक्ससिएमजीकोे एस्काभेटर नेपालमा

एक्ससिएमजीकोे एस्काभेटर नेपालमा

एक्ससिएमजीको २२ टन भार क्षमताको एस्काभेटर नेपाली बजारमा भित्रिएको छ । ...

टिसाले जितिन माई कार्ड आइडियाज

टिसाले जितिन माई कार्ड आइडियाज

लक्ष्मी बैंकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’ प्रतियोगीता टिशा श्रेष्ठले हात पारेकी छन् । करिब ७ सय जना प्रतियोगीलाई पछि...

एभरेष्ट बैंकको वार्षिकोत्सवमा  कार्यक्रम

एभरेष्ट बैंकको वार्षिकोत्सवमा कार्यक्रम

एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सव सुदूर पश्चिम प्रदेशमा बिबिध कार्यक्रम गरी मनाईएको छ । ...

Ncell Footer Ad