काठमाडौं – असोज २२ देखि २८ गतेसम्म भुटानमा आयोजना हुने महिला साफ यु–१५ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार २३ सदस्सीय नेपाली किशोरी टोलीको नाम सार्वजनिक गरेको हो । मुख्य प्रशिक्षक राकेश श्रेष्ठले प्रारम्भिक चरणमा रहेका ४२ खेलाडीबाट २३ सदस्यीय अन्तिम टोलीको छनोट गरेका हुन् ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आयोजक भुटानसहित नेपाल, भारत र बंगलादेशले सहभागिता जनाउँदै छन् । नेपालले भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले भारतसँग असोज २२ गते खेल्नेछ । यस्तै दोस्रो खेल असोज २४ गते बंगलादेश र असोज २६ गते आयोजक भुटानसँग खेल्ने तालिका रहेको छ । राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । गत संस्करणमा नेपाल चौथो भएको थियो ।
खेल तालिका
नेपालविरुद्ध
देश मिति
भारत असोज २२ गते
बंगलादेश असोज २४ गते
भुटान असोज २६ गते
नेपाली टोली
गोलरक्षक : सावित्री किशन, पूजा थापा, लीला जोशी
रक्षक : कुमारी तामाङ, सरु हमाल, मन्जु खड्का, प्रतीक्षा चौधरी, दिव्या एस्मली मगर, सविना चौधरी, पुष्पा गुरुङ
मिडफिल्डर : अनु राई, सुरक्षा सुखरिया, ममता पुन, सरा वज्राचार्य, मनमाया धामी, सुस्मा जिटी, मनीषा राउत, संकला राई, अस्मिता रानापत
स्ट्राइकर : प्रीति राई, अमीसा कार्की, मन्दिरा राई, नीतिका थोकर
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...
प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...
एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।
सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...
अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...
नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...
प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...
अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...
यसमा तपाईको मत