८ वैशाख २०८१ शनिबार
समाज

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खोटाङ  - श्रीमानको खुकुरी प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी देविका राईको मृत्यु भएको छ। घरायसी विवादकाक्रममा श्रीमान सिताराम राईको खुकुरी प्रहारबाट देविकाको बिहिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने सितारामलाई प्रहरीले घट्ना लगत्तै नियन्त्रणमा लिएको छ। टाउकोमा खुकुरी प्रहार हुँदा गम्भीर घाइते भएकी देविकालाई जिल्ला अस्पताल दिक्तेलमा पु-याए लगत्तै स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घट्नाका विषयमा थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए।

प्रकाशित: २० भाद्र २०७६ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App