७ वैशाख २०८१ शुक्रबार
कला

‘जात्रा’ एक सातामै करोड क्लबमा (भिडियाे)

काठमाडौं– प्रदर्शनमा आएको एक साता नबित्दै चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ। चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबारसम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्शन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिएका छन्।

मल्टिप्लेक्स हलहरुमा जात्राको शो थपिएको पनि उनले बताएका छन्। थपिएका शोहरुमा पनि दर्शकको गतिलो उपस्थिति रहेको निर्माता एवं कलाकार रविन्द्र सिंह बानियाँले बताएका छन्।

समीक्षकहरुबाट समेत गतिलो प्रशंसा बटुलेको जात्रालाई मह सञ्चारमा लामो समय काम गरेका निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका हुन्। विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको फिल्म शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गर्दैछ।

भिडियाे

प्रकाशित: २ मंसिर २०७३ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App