१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध आयातनिर्यातमा कडाइ

सर्लाही - प्रहरीले पछिल्लो समय भारतीय सीमा क्षेत्रमा हुने अवैध आयातनिर्यातमा कडाइ गरेको छ। प्रहरीले कडाइ गरेसँगै भन्सार छली भिœयाइएका विभिन्न सामान तथा तस्करीमा संलग्नसमेत नियन्त्रणमा पर्न थालेका छन्।

साउनयता मात्रै ९१ लाख ५३ हजार २० रुपैयाँ बराबरको भन्सार छली भिœयाइएका सामान तथा त्यस्ता सामान बोकेका सवारीसाधन प्रहरीले भन्सार कार्यालयमा बुझाइसकेको छ। जब कि अघिल्लो आर्थिक वर्षभरमै एक करोडभन्दा कम मूल्यांकनको सामान भन्सारमा बुझाएको प्रहरीले चालू आवको दुई महिना नबित्दै झन्डै एक करोड रुपैयाँबराबरको भन्सार बुझाएको छ।

बुधबार बिहान प्रहरीले भन्सार छलेर भातरबाट मोटरसाइकलमा नेपालतर्फ तस्करी भइरहेको लाखौंको सामानसहित अवैध ओसारपसारमा संलग्न पाँचजनालाई नियन्त्रणमा लिएको छ। मलंगवा नगरपालिका–८ तथा ब्रम्हपुरी गाउँपालिका–६ बाट बुधबार बिहान ५ बजे विभिन्न किसिमका लत्ताकपडा, हार्डवेयरका सामान, धनियाँ र सूर्ती नेपालतर्फ भिœयाइरहेको अवस्थामा बरामद गरिएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

बरामद सामान र सो सामान ओसार्न प्रयोग भएका चारवटा मोटरसाइकलको चार लाख ७९ हजार ५ सय रुपैयाँ मूल्यांकनसहित बुधबार बिहानै भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सामान ओसार्दै गरेको अवस्थामा पक्राउ परेका सर्लाही ब्रम्हपुरी गाउँपालिका–६ निवासी ४५ वर्षीय मनोज यादव, सोही ठाउँका २४ वर्षीय रमेश महतो, भारत सितामाढी सोनवर्षानिवासी २६ वर्षीय प्रदेशकुमार, २७ वर्षीय अजयकुमार दास र २३ वर्षीय विमल कुमारलाईसमेत आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पेस गरिएको प्रहरीले जनाएको छ। बिगोबराबरको रकम धरौटी राखेर अभियुक्त भन्सार कार्यालयबाट रिहा भएका छन्।

चाडपर्वको समय सुरु भएसँगै भारतबाट नेपालतर्फ लत्ताकपडा, तेल, चिनी, हार्डवेयर सामग्री, किराना सामान, विद्युतीय सामानलगायत विभिन्न खाले सामान भन्सार छली गरेर लुकाइछिपाई नेपालतर्फ भिœयाउने गिरोह सक्रिय हुने भएकाले सीमा क्षेत्रमा कडाइ गरिएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए। केही महिनाअघिसम्म भारतबाट खुलेआम भन्सार छलीका सामान तस्करी भइरहेको गुनासो बढेको थियो। पछिल्लो समय भने प्रहरीले सीमाक्षेत्रमा सक्रियता बढाएसँगै तस्करीका सामान र ओसारपसारमा संलग्न धमाधम पक्राउ पर्न थालेका छन्।

नेपाल प्रहरीको प्रदेश २ प्रमुखको रूपमा डिआईजी प्रद्युम्न कार्कीले जिम्मेवारी सम्हालेसँगै सीमाक्षेत्रमा हुने तस्करी नियन्त्रणमा प्रदेशभित्रका आठवटै जिल्लामा प्रहरीले कडाइ गरेको एक जानकारले बताए। प्रहरी संगठनभित्र कडा मिजासका मानिने डिआईजी कार्कीले तस्करीको लाइन दिने वा अन्य अवैध काममा प्रोत्साहन गर्ने प्रहरी अधिकृतलाई जागिरै खाइदिनेसम्मको चेतावनी दिएकाले पछिल्लो समय सीमामा हुने तस्करीका सामान भटाभट पक्राउ पर्न थालेको एक प्रहरी अधिकृतले जानकारी दिए।

प्रकाशित: २० भाद्र २०७६ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App