coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मूल्य वृद्धिले सुनकाे व्यापार घटायाे

वीरेन्द्रनगर –  गत वर्षभन्दा अहिले पश्चिमी पहाडी कर्णाली प्रदेशमा सुनको कारोबारमा ठूलो गिरावट आएको छ। सुनचाँदीको बढी व्यापार हुने तीजमा आधा व्यापार घाटेको व्यवसायीको भनाइ छ।

गत वर्षको तुलनामा आधाभन्दा कम व्यापार भएको जिल्ला सुनचाँदी व्यवसायी संघले जनाएको छ। गत वर्ष कर्णालीमा सात केजीसम्म सुन बिक्री भएको जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष डम्मर सुनारले बताए। सुनमा परनिर्भर नेपालले यतिबेला कारोबारमा ठूलो मार खेपिरहेको उनको भनाइ छ।

उनका अनुसार यस वर्षको तीजका लागि चार केजी सुन बैंकबाट निकालिएको थियो। जसमध्ये पूरै सुन बिक्री नभएको अध्यक्ष सुनारले जानकारी दिए। उनले भारत–पाकिस्तान तनावले पनि सुनको कारोबार राम्रो हुन नसकेको बताए। भारतमा पनि सुनको मूल्यमा गिरावट नआउँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको सुनचाँदी व्यवसायीको भनाइ छ।

सुनको मूल्य निरन्तर बढ्दा सुन कारोबार कम भएको सुर्खेतका सुनचाँदी व्यवसायीको भनाइ छ। सुर्खेतमा मध्ययम र निम्न वर्गका व्यक्ति धेरै छन्। जिल्लामा सुनको मूल्य ७५ हजारसम्म पुगेको थियो। अपेक्षाभन्दा कम सुन कारोबार भएपछि तीजको अन्तिम समयमा भने सुनको मूल्यमा गिरावट आएको छ। आइतबार ७३ हजार पाँच सयमा सुन कारोबार भएको छ। ‘अन्तिम समयमा सुनको मूल्य घटेर प्रभाव देखिएन,’ सुनचाँदी व्यवसायी राजु विश्वकर्माले भने, ‘सुनको मूल्य अघिल्लो साता महँगो नभएको भए सुन कारोबार बढ्थ्यो।’

‘सम्पन्न परिवारले काठमाडौं, नेपालगन्ज, पोखरालगायत जिल्लाबाटै सुन खरिद गरेर आउँछन्,’ जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुनारले भने, ‘यहाँ धेरै माध्यम वर्गले सुन किन्छन्।’ निम्न वर्गले चर्काे मूल्यमा सुन किन्न नसक्दा कर्णालीमा सुनको व्यापार कम भएको उनको भनाइ छ। यहाँका सम्पन्न परिवार काठमाडौंलगायत सुविधासम्पन्न जिल्लामा बस्ने गर्छन्। उनीहरू तीज मनाउन जिल्ला आउँदा उतैबाट सुन खरिद गरेर ल्याउने गरेका छन्। यहाँ अधिकांश मध्यम र निम्न वर्गले मात्र सुन खरिद गर्ने गरेका छन्।

यससँगै नक्कली गहनाको व्यापारले पनि सुन व्यवसायमा असर परेको जिल्ला सुनचाँदी व्यवसायी संघका कार्यालय सचिव टेकेन्द्र विश्वकर्माले बताए। ‘नक्कली गहना सुनजस्तै देखिने हुँदा केहीले नक्कली गहना लगाउँछन्,’ उनले भने, ‘जसले गर्दा उनीहरूले सक्कली गहना (सुन) किन्न छाडे।’

अमेरिकाले गत अगस्त १५ मा गरेको भन्सार कर वृद्धिको घोषणा क्रमशः सेप्टेम्बर १ र डिसेम्बर १५ तारिखदेखि कार्यान्वयनमा आउनेछ। बदलास्वरूप चीनले पनि अमेरिकामा उत्पादित पाँच हजार ७८ वटा वस्तुका करिब ७५ अर्ब डलरका सामानमाथि क्रमशः १० र पाँच प्रतिशत भन्सार कर बढाएको छ।

गत अप्रिलदेखि स्थगित भन्सार कर निरन्तर राख्ने चीनको सदाशयताका बाबजुद अमेरिकाले मे १० देखि २ खर्ब डलरको चिनियाँ सामानमा १० प्रतिशतको भन्सार कर २५ प्रतिशतसम्म बढाउने घोषणा गरेपछि स्थिति बिग्रिएको हो।

अमेरिकी र चिनियाँ सरकारले एकअर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क बढाइदिएका छन्। विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी खिचातानी कर्णालीमा प्रत्यक्ष असर परेको छ।

अमेरिका र चीनबीचको व्यापार युद्ध बढ्दै जाँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको व्यवसायीको बुझाइ छ। यसले नेपालका पश्चिमी पहाडी जिल्लामा झनै ठूलो असर पु¥याएको सुनचाँदी व्यवसायीको भनाइ छ।

प्रकाशित: २० भाद्र २०७६ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App