बंगलादेशी मन्त्रीले भनेः हामी नेपालबाट सिक्न चाहन्छौं

बिहिबार, १९ भदौ २०७६, २० : ५४ नागरिक संवाददाता

काठमाडौं– गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले भेटवार्ता गरेका छन्।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बंगलादेश द्विपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्ने बताए।

गृहमन्त्री थापाले नेपालमा विस २०७२ सालमा गएको विनाशकारी भूकम्पमा बंगलादेशको तर्फबाट भएको सहयोगका लागि बंगलादेशका मन्त्री रहमान र उनमार्फत त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरे।

उनले नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक अधिकांश कानुनहरुको तर्जुमा गरिसकेको तथा संघ, प्रदेश र स्थानिय तहको समन्वयमा विपद् व्यवस्थापनको काम भइरहेको जानकारी दिए।

बंगलादेशमका मन्त्री रहमानले नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको कामहरु सिक्न लायक रहेको टिप्पणी गर्दै विपद्को क्षेत्रमा दुई देशको सहकार्य आवश्यक रहेको टिप्पणी गरे।

उनले आफ्नो देशमा विशेषतः बाढी, चक्रवात, हुरीजस्ता प्राकृतिक विपद्का घटना बढी हुने गरेको जानकारी दिए।

विश्व खाद्य कार्यक्रम बंगलादेशका देशीय निर्देशक रिचार्ड रेगनसमेत सहभागी भ्रमण दलले नेपालमा मानवीय सहायता केन्द्र निर्माणको ढाँचा र त्यसको कार्यसञ्चालनबारे समेत अध्ययन गर्ने बताइएको छ। 







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad