coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दीपिकाको कस्ताे चुम्बन !

मुम्बई-बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रेमी रणवीर सिंहलाई खुलेआम चुमेकी छिन् । हलिउडमा दीपिकाले काम गर्न थालेपछि रणवीरसँग उनको दूरी बढेको चर्चा चलिरहेको बेला यसलाई असत्य साबित गर्दै उनले सार्वजनिक ठाउँमै रणवीरलाई चुमेकी हुन् ।

‘दीपिकाको घरअगाडि एउटा कार सोरुम छ । त्यही सोरुमअगाडि रणवीर र दीपिकाले सबैले देख्नेगरी एकअर्कालाई चुम्बन गरेका थिए,’ समाचारमा भनिएको छ ।  
अहिले दीपिका हलिउड फिल्म ‘एक्सएक्सएक्स’मा काम गरिरहेकी छिन् । रणवीर पनि ‘बेफिक्रे’ फिल्मको छायांकनमा व्यस्त छन् । अब चाँडै उनीहरूले ‘पद्मावती’ फिल्ममा सँगै काम गर्ने तय भएको समेत समाचारमा जनाइएको छ ।

प्रकाशित: २ मंसिर २०७३ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App