coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइएसले दियो चार लाख बालकलाई हतियार चलाउने तालिम

मोसुल–इराकी सहर मोसुलका लगभग सबै बच्चाले बन्दुक चलाउन जानेका छन्। तीन हजार पुरानो सो सहर पहिला धेरै शैक्षिक संस्था भएको सहरको रुपमा परिचित थियो। अहिले मोसुल आफ्नो भविष्यकालागि रोइरहेको छ। विगत दुई वर्षदेखि इस्लामिक स्टेटले मोसुलका हरेक बच्चालाई आफ्नो मानव ढालका रुपमा प्रयोग गरिरहेको छ।

उनीहरुलाई हतियार चलाउने मात्र होइन, आत्मघाती आक्रमणकारीसमेत बनाउन थालिएको छ। यही बीचमा जव मोसुललाई इराकी सेनाले पुरै आफ्नो नियन्त्रणमा लिने अभियान संचालन गर्यो, तब आइएसले ती बच्चालाई मानव ढालका रुपमा प्रयोग गर्ने क्रम निकै बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। इराकी मानव अधिकार आयोगका अनुसार आइएसले चार लाख भन्दा धेरै बच्चालाई हतियार चलाउने तालिम दिएको छ। मोसुललाई आइएसले करिब दुई वर्ष पहिला आफ्नो नियन्त्रणमा लिएको थियो।

मानव अधिकारवादी संस्थाहरुका अनुसार आइएसले मोसुल सहरका अधिकांश पुरुषको हत्या गरेका छन् भने महिलाहरुलाई बन्दी बनाएका छन्।
आइएसले विद्यार्थीको पढाइमासमेत परिवर्तन गरेका छन्।  पाठ्यपुस्तकलाई पुरै धर्म र कट्टरतामा आधारिक बनाएका छन्। इराकी मानवअधिकार आयोगका अनुसार पाठ्यपुस्तकमा बन्दुक चलाउन, आत्मघाती आक्रमणकारी बनाउन तथा दुस्मनलाई फसाउने तरिकाका राखिएको छ। पाठ्यपुस्तकमा स्कुले विद्यार्थीलाई आइएसको अनुयायी बनाउनु पर्ने उल्लेख गरिएको छ।

यतिबेला इराकी सेना मोसुल सहरलाई आफ्नो नियन्त्रणमा लिन संघर्ष गरिरहेको छ। तर आइएस भने तिनै स्कुले बच्चाको सहारामा युद्ध लडिरहेको छ।  संयुक्त राष्ट्रसंघले जारी गरेको एक रिपोर्ट अनुसार इराकी सेनाको बाल्को उपस्थितिले आइएस मुस्किलमा परेको छ। आइएसले सेनालाई दबाब दिन निहत्था नागरिकको शीर छेदन गरी हत्या गर्ने गरेको छ भने अधिकांश बालकलाई आफ्नो सेनामा भर्ना गरिहरेको छ। हालसम्म लाखौं नागरिकको आइएसले हत्या गरिसकेको बताइएको छ।  

 

प्रकाशित: २ मंसिर २०७३ ०८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App