coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अंगीकृतलाई उच्च पद दिन नहुने महोत्तरीवासीको धारणा

महोत्तरी– अंगीकृत नागरिकलाई राज्यका शीर्ष पद दिन÷नदिने बारे विवाद चलिरहँदा आम महोत्तरीवासी भने अंगीकृत नागरिकता भएकालाई शीर्ष पद दिन नहुने पक्षमा देखिएका छन्।  

महोत्तरीका प्रबुद्ध वर्ग, नागरिक समाजका अगुवा र आम सर्वसधारण अंगीकृत नागरिकलाई कुनै देशमा पनि रज्यका प्रमुख पदहरु दिने अधिकार संविधानमा नरहेको भन्दै व्यापक रुपमा यस्तो धारणा व्यक्त गर्न थालेका छन्। तर अर्को राष्ट्रबाट बिबाह भएर आएका महिलाको हकमा वैवाहिक अंगीकृत नागरिकता लिनेलाई भने वंशज सरह शीर्ष पदमा आसिन हुने अधिकार दिनु पर्ने महोत्तरीका राजनीतिक दलका नेताहरुको माग छ।

वैवाहिक अंगीकृत र अंगीकृत गरी दुई प्रकारका नागरिकता लिने मध्ये वैवाहिक अंगीकृतलाई अन्तरिम संविधानले पनि शीर्ष पद दिने अधिकार दिएकाले यो संविधानमा पनि सोही अधिकारी दिनुपर्ने तर्क मटिहानी यालाना विद्यापिठका प्राध्यापक ध्रुव रायको रहेको छ।

अंगीकृतलाई कुनै पनि देशमा सिधै शीर्ष पद दिने प्रावधान नरहेकोले नेपालमा पनि त्यस्तो व्यस्था उचित नहुने तर्क गर्दै प्राध्यापक रायले केही समायवधि तोकेर उनीरुलाई शीर्ष पद दिने नदिने बारे टुंगो लगाउँदा ठिक हुने बताए।

वैवाहिक अंगीकृतको कोखबाट जन्मेका छोरा वंशज हुने प्रावधान पनि रहेकोले वैवाहिक अंगीकृतलाई वंशज सरह नै अधिकार दिनुपर्ने तर्क रायले गरे।

मधेस आन्दोलनको बेला पनि नागरिकताको विषय प्राथमिकताका साथ उठाइएकोले संशोधनमार्फत नागरिकताको विषयलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यक रहेको रायले बताए।

त्यस्तै, जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले अन्तरिम संविधानमा नागरिकता सम्बन्धमा उल्लेख भएकै अनुसार यस संविधानमा पनि नागरिकताको प्रावधान राख्नु पर्ने बताए।

पहिलेदेखि पाइरहेको अधिकारमा कटौति नहुने गरी नागरिकताको प्रावधान राखिनुपर्ने तर्क साहले गरे। सद्भावना नेता सुदीप झाले अंगीकृतलाई शीर्ष पद नदिने पक्षमा आफूहरु पनि रहेको बताएको छ।

बैबाहिक अंगीकृतलाई भने वंशज सरह नै अधिकार दिनुपर्ने नेता झाको कथन छ। वैवाहिक अंगीकृतले भने दोस्रो देशको नागरिकता परित्याग गरेर नेपालको नागरिक भएर सबै थोक स्विकार गरेर आउनेलाई २०४७ को संविधान र अन्तिरिम संविधानमा उल्लेख भएअनुसार नै यस संविधानमा पनि संशोधन गरिनु पर्ने झाले बताए।

अंगीकृत नागरिकलाई सोझै शीर्ष पद दिँदा बंशजलाई सबभन्दा बढी घाटा हुने भएकोले अंगीकृतलाई रोक लगाउनु पर्ने स्थानीय व्यावसायी मनोज साहको धारणा छ।
यालाना विद्यापिठका उपप्राध्यापक टेकनाथ दहालले अंगीकृत नागरिकता लिएकालाई शीर्ष पद दिँदा राष्ट्रियता खतरामा पर्न सक्ने चिन्ता व्यक्त गरे।

भर्खरै अर्को देशबाट आएर नेपालमा स्थायित्व नभएकाहरुलाई शीर्ष पद दिँदा राष्ट्रियतामाथि खतरा पुग्न सक्ने दहालले बताए।

नेपालमा बसेर व्यापार गर्न र गरिखान अंगीकृत नागरिकता दिने भएकाले त्यस्तालाई कुनै पनि हालतमा शीर्ष पद दिन नहुने तर्क उनले गरे।

प्रकाशित: २ मंसिर २०७३ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App