coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उद्धार गरिएका युवाद्वारा प्रधानमन्त्री दाहाललाई धन्यवाद

काठमाडौँ-प्रधानमन्त्रीको सचिवालयमार्फत उद्धार भइ नेपाल फर्किएका साउदी अरेबियामा अलपत्र एक युवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी धन्यवाद दिएका छन् ।  स्याङ्जा चण्डिकालीका घर भई पोखरामा बस्दै आउनुभएका ३९ वर्षीय भोजराज आचार्य वैदेशिक रोजगारीका लागि २०७२ फागुन ७ गते साउदी अरेबियाको रियादमा जानुभएको थियो तर, रियादको मुसारी अल्मोसारी कम्पनी बन्द भएपछि उाी अलपत्र परेका थिए।

अलपत्र परेका  आचार्यले दुई महिनाअघि प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी आफूलाई उद्धार गर्न अनुरोध गरेका थिए। आचार्यको अनुरोध र प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयले उनको परिवारलाई बोलाएर उद्धारको प्रक्रिया अगाडि बढाएको थियो । श्रम तथा परराष्ट्र मन्त्रालयसँग समन्वयमा गत कात्तिक २९ गते आचार्यलाई नेपाल ल्याइएको थियो ।

बिहीबार आचार्यले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा भेटी आफूलाई बचाएर नेपाल ल्याएकामा नेपाल सरकार र प्रधानमन्त्रीको सचिवालयलाई धन्यवाद दिए। भेटमा प्रधानमन्त्री दाहालले सरकार विदेशमा रहेका नेपालीका समस्याप्रति संवेदनशील रहेको भन्दै अब उच्च मनोबलका साथ नेपालमै काम गर्न आचार्यलाई आग्रह गरे। रासस

प्रकाशित: २ मंसिर २०७३ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App