६ वैशाख २०८१ बिहीबार
राजनीति

काँग्रेस नेता पौडेल मध्यतराईको भ्रमणमा

हेटौँडा- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको कार्यमा नेपाली काँगे्रसले अग्रसरता लिने बताएका छन्। पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई  बिहीबार सम्बोधन गर्दै उनले आफू तराईका जनतामा रहेको नैराश्यता हटाउन र मौलिक अधिकारबारे उनीहरुलाई जानकारी दिन आजदेखि मध्यतराईको भ्रमणमा निस्केको बताए।

वरिष्ठ नेता पौडेलले आफ्नो दलले मधेसवादी लगायतका दलहरुसँग समझदारी बनाएर संविधान संशोधन र निर्वाचनका लागि सहज वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह दृढता प्रकट गरे।  नेकाभित्र नेता र कार्यकर्ताबीच नेतृत्वको प्रतिस्पर्धा भन्दा पनि अन्य दलसँग पार्टीको प्रतिस्पर्धा रहेको उनले उल्लेख गरे।

उनले पार्टीद्वारा सञ्चालित इन्टरनेट वेबसाइटको पनि शुभारम्भ गरे।  काँग्रेस नेता शोभाकर पराजुली र सांसद इन्द्रबहादुर बानियाले मुलुकको प्रजातन्त्र र राष्ट्रिय अखण्डतामा आँच नपुग्ने गरी मधेसी जनताको बृहत्तर हितमा संविधान संशोधन हुनुपर्ने धारणा प्रकट गरे। रासस

प्रकाशित: २ मंसिर २०७३ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App