६ वैशाख २०८१ बिहीबार
अर्थ

हिजो तोलामा एक हजारले बढेको सुन आज एक सयले घट्यो

काठमाडाैं- लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला एक सयले घटेको छ। 

नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ४ सय कायम भएको महासङ्घले जनाएको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७३ हजार ५ सय मा कारोवार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ। बुधबार तेजाबी सुन रु ७३ हजार २०० मा कारोवार भएको थियो। सुनको मूल्य सामान्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ९४० मा कारोबार भइरहेको छ। रासस

प्रकाशित: १९ भाद्र २०७६ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App