अमेरिकामा भएको सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

बिहिबार, १९ भदौ २०७६, १२ : ०६ होमप्रसाद लम्साल

अमेरिका- अमेरिकाको मिजौरी राज्यमा मंगलवार अपरान्ह भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चार वर्षीय बालक र सवारी चालक गम्भिर घाइते भएका छन्। घाइतेमध्ये ४ वर्षीय बालकको अवस्था चिन्ताजनक रहेको स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मिजौरीको स्थानीय समय अनुसार मंगलवार करिब २ बजेर ५५ मिनेटको समयमा हाइवे ४४ मा भएको दुर्घटनामा स्थानीय ब्ल्यु स्प्रिङ्ग्स भन्ने ठाउँमा बस्ने तीन नेपालीको घटनास्थलमा नै मृत्यु भएको हो। गोविन्द खनालको दुर्घटनास्थलमा नै निधन भएको थियो भने श्रद्धा र उनकी आमा शान्ता खनालको उपचारका लागि अस्पतालमा पुर्याएपछि मृत्यु भएको थियो।

स्थानीय जोप्लिन प्रहरी विभागले जनाए अनुसार दुर्घटनामा सवारी चालक श्रद्धाका पति प्रभाश ओझा र ओझा दम्पतिका ४ वर्षीय छोरा सौर्य ओझा गम्भिर घाइते भएका छन्। घाइते मध्ये बालक सौर्यको स्थिति चिन्ताजनक रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीका अनुसार, सिल्भर रंगको टोयोटा र्याभफोर गाडी हाइवेमा दुर्घटना भएको हो। ओझाले चलाएको सोही गाडीलाई पछाडिबाट आएको सेतो रंगको टोयोटा पिक अपले ठक्कर दिएको थियो। दुर्घटनाकोबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको थियो। मृतकका आफन्तका अनुसार  सन् २०१२ मा डिभी परेर श्रद्धाको परिवार अमेरिका आएका  थिए। श्रद्धाका बुवा आमा भने करीब तीन महिना पहिला मात्र अमेरिका आएको बताइएको छ।

 

 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad