७ वैशाख २०८१ शुक्रबार
कला

हिमालयन आर्ट महोत्सव हुने

काठमाडौं – ई आर्टस् नेपालले हिमालयन आर्ट महोत्सवको आयोजना गर्ने भएको छ। आगामी असोज १२ देखि १६ सम्म नेपाल कला परिषद्मा आयोजना हुन लागेको महोत्सवमा कला प्रदर्शनी, छलफल, कला र नृत्य प्रशिक्षणलगायत सञ्चालन हुनेछन्।

पाँच दिन चल्ने महोत्सवमा चित्रकला, मिक्स मिडिया, पौभा कला र परफरमिङ आर्टलगायत कलाहरू प्रदर्शनी गरिनेछ। नेपाली कलाको प्रवद्र्धन गर्न सन् २०१० मा सुरु भएको ई आर्टस् नेपाल नामक अनलाइन ग्यालरीले कलाकारहरूको कला बिक्री समेत गर्दछ।

प्रकाशित: १९ भाद्र २०७६ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App