८ वैशाख २०८१ शनिबार
विचार

प्रणालीविरुद्धकै प्रहार हो त ?

पूर्वराजकुमार पारस शाह केही दिनअगाडि काठमाडौंकोवसन्तपुरस्थित सम्पदा स्थलहरूमा पुगेका थिए। यद्यपि उनको त्यस उपस्थितिको तात्पर्य के थियो भन्ने जानकारी छैन। तथापि त्यस क्षणको सार्वजनिक रूपमा दृष्टिगत भएकादुइटा आयाम थिए– पहिलो ः पारसको व्यक्तिगत आचरण र चरित्रका सम्बन्धमा नेपाली समाजले धेरै लामो समयदेखि अनुभूत गर्दै आएजस्तै वसन्तपुर परिसरमा प्रस्तुत उनको शारीरिक अवस्था पनि नशामा लठ्ठ देखिन्थ्यो। दोस्रो पारस शाहको यस किसिमको असामाजिक तथा असामान्य स्थितिमा पनि उनको जय जयकार गर्दै पछाडि लाग्नेहरूको एक झुन्ड नै देखियो। अवसर छोप्नेहरूले ‘राजा आऊ, देश बचाऊ’जस्ता नारा घन्काउनेदेखि वर्तमान नेताहरूविरुद्ध धारेहात लगाउनसम्म भ्याए। त्यसको संकेत के होला ?

सालिकराम पुडासैनी आत्महत्या प्रकरणमाकानुनी प्रक्रिया चल्दै गर्दा त्यसमा प्रभाव र दबाब सिर्जना गर्ने मनसायले चितवनमा देखिएको भीडतन्त्र अनि त्यसै बीचबाट व्यक्त भए अनेक आक्रोश र असन्तोष। त्यो भीडमा खबरदारीका हातहरू मात्र उठाइएनन्, एक समूहले ‘कार्यक्रम प्रस्तोता’लाई नेपालको भावी प्रधानमन्त्रीकै रूपमा समेत उभ्याउन भ्यायो। अनि त्यो भीडले मुलुकको आगामी राजनीतिक बागडोर सम्हाल्नाका लागि नयाँ दल खोलेर नेतृत्व गर्नसमेत हौस्याए ती पात्रलाई। आखिर किन होला ?

निर्मला पन्त बलात्कार÷हत्याको उचित छानबिन र कारबाही माग गर्दै उत्रिएका दलनिरपेक्ष जनसमुदाय होस् वा डा. गोविन्द केसीको आमरण अनसन अनि उनका मागका पक्षमा माइतीघर मण्डलामा पटकपटक जमघट हुनेसमर्थकहरूको आवाजमा पनि पनि यस्तै आवेग, आक्रोश रतीव्र आलोचनासुनिन्छ।

सडकमा अहिले सुुनिन थालेका विमति, असन्तोष तथा आक्रोशका स्वरलाई प्रधानमन्त्रीलगायत आजका शासकले पनि हिजोका शासकले जस्तैसजिलैसँग व्यवस्था/प्रणालीसँग जोडेर आफू चोखिने कुटिल व्याख्या गरिरहेका छन्।

गुठी विधेयकविरुद्ध काठमाडौंका सडकमा ओर्लिएका रैथाने समुदायहरूको त्यो अपार जनलहर पनि विमतिको दरिलो प्रस्तुति थियो। अनि सामाजिक सञ्जालमा हिजोआज भेटिने निजी तथा समूहगत टिप्पणी मूलतः वर्तमान शासकहरूप्रति लक्षित देखिन्छन्। यद्यपि तिनमा प्रयोग गरिएका लवज, शब्द तथा वाक्य संरचना सभ्य समाजका लागि पाच्य छैनन्। फेरि पनि जिज्ञासा हुन्छ– आखिर यतिविघ्न कटुताको स्थिति कसरी सिर्जना भयो ? आमनागरिकमा यसखाले मोहभंगको

अवस्था किन देखाप-यो ?
पछिल्लो जनआन्दोलनले बिट मारेको लामो समय भएको छैन। राजाद्वारा गरिएको सत्ता कब्जालाई जनताले सडकमार्फत अस्वीकार मात्र गरेनन्, अन्ततः स्वंय राजालाई नारायणहिटीदरबारबाट निस्किन बाध्य पारे। अनि अढाई सय वर्ष पुरानो निरंकुशराजतन्त्रलाई नेपालबाट सदाका लागि बिदा गर्दै गणतन्त्रको उद्घोष गरे। जनताले गरेको सडक संघर्षकै शक्तिमा संघीयता संस्थागत गर्ने अवसर आयो। जनबल, जनअनुमोदनएवं जनचाहनाको उपलब्धि हो–आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल।यसरी ठूलो बलिदान र त्यागबाट प्राप्त वर्तमान राजनीतिक बिन्दुमा उभिएर त्यसैका संवाहक जनताबाट फेरि तीव्र असहमति र आक्रोश व्यक्त हुन थाल्नुको अर्थ के होला ?

सत्तारूढ दलसहित मूलधारका राजनीतिक नेतृत्वपंक्तिलेभने हालै एक ठाउँमा भेला भएरसडकमापोखिएका असन्तोष, आक्रोश अनि त्यसैबीच च्याँखे थापेसरह सुनिएका पश्चगामी नाराहरूलाई आकलन गर्दै ठोकुवा गरेका छन्–‘यी सब राज्य प्रणालीविरुद्धकै प्रहार हुन्।’ प्रधानमन्त्री उपचारका लागि सिंगापुर प्रस्थान गर्नु एकदिनअगाडि बालुवाटरमा भएको सत्तारूढ तथा प्रतिपक्षीय दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री केपीओलीले प्रस्तुत गरेको राजनीतिक विश्लेषणको सार हो यो। त्यसै क्रममा उनले अपिल गरे– ‘अहिले दक्षिणपन्थी र उग्रपन्थीबाट प्रणालीविरुद्ध प्रहार भइरहेको छ, यसविरुद्ध संविधान जारी गर्ने हामी मुख्य शक्तिहरू एक ठाउँमा उभिनुपर्छ।’

साँच्चै प्रधानमन्त्रीले भनेजस्तै यतिखेर सडक अनि सामाजिक सञ्जालहरूमा व्यक्त विमति, आलोचना, कुण्ठा, निराशा, क्षोभ, उत्तेजना, विरोध, विद्रोह आदि सारमा राज्यप्रणालीविरुद्ध नै लक्षित हुन् त? विशेषतः युवा पिँढीबाट आउने यसखाले अभिव्यक्ति हाम्रा राजनेताहरूद्वारा ठहर गरिएजस्तै वर्तमान सत्ता उल्टाउने आसयबाट पे्ररित छन् त ?अथवा यी, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धकाप्रहार हुन्?

जनबल, जनअनुमोदन एवं जनचाहनाको उपलब्धि हो– आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल। यसरी ठूलो बलिदान र त्यागबाट प्राप्त वर्तमान राजनीतिक बिन्दुमा उभिएर त्यसैका संवाहक जनताबाट फेरि तीव्र असहमति र आक्रोश व्यक्त हुन थाल्नुको अर्थ के होला ?

इतिहास बोल्छ–हिजो राज्यका सम्पूर्ण स्रोत र साधनमाहालिमुहालीगर्ने वर्गविरुद्ध खबरदारी गर्नेहरूलाई ‘राजगद्दीताकेको’अभियोगमा राणाहरूले मृत्युदण्डको सजाय दिएका थिए। निर्दलीय व्यवस्थाका आलोचकहरूलाई पञ्चहरूले अराष्ट्रिय तŒव  ठान्थे। झापाली विद्रोहका योद्धाहरूलाई ‘राजकाजविरुद्ध अपराध’कोबिल्ला लगाइएको थियो। हालैको कुरा हो– प्रचण्डपथको त्यो रक्तिम मार्गलाई ‘आतंककारी’ उपमादिइएको थियो। शासकहरूले सडक वा सार्वजनिक रूपमा मुखरित विमतिहरूलाई कुनै कालखण्डमा आफूसच्चिने वा सुध्रिने अवसरका रूपमा लिन खोजेनन्।‘शासकबाट कहिल्यै गल्ति हुन्न’ भन्ने पुरातन सामान्ती सोचमा उनीहरूले आफूलाई नादिर शाहका रूपमा उभ्याइरहे। अन्ततः एक÷एक गर्दै ती दिग्भ्रमित शासकहरूआफैं सत्ताबाट विलुप्त भए। आजका हाम्रा शासकहरू पनि उही आत्मप्रशंसाको मनोदशाबाट ग्रस्त छन् र यसरीबेतुकका साथ फतफताइरहेका हुन्?

नेपालमा अहिले नयाँ सत्ता छ, नयाँ शासकहरू छन्। राजतन्त्र अन्त्यपछि नेपाली नागरिकले परिवर्तित संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट धेरै अपेक्षा गरेका थिए। अनेक अपेक्षामध्ये राजतन्त्रमा अनुभूत गर्न नसकेका सुशासन, पारदर्शिता, न्याय, समानता, आर्थिक समृद्धि, भौतिक प्रगति र जीवनस्तरमा सुधार जनताले खोजेका कुरा हुन्। त्यसमा पनि लामो संघर्ष, यातना, विपत्ति, जेलजीवन वा निर्वासनका अवस्थाबाट खारिएका नेताहरू नै सत्तामा पुगेपछि जनता अझ उत्साहित हुनु स्वाभाविकै हो। यिनीहरूबाट मोक्ष र निर्वाण नै प्राप्त नभए पनि हिजोका विषम विपद्, विभेद, विसंगति, बेथितिबाट मुक्ति पाउने आशा जनताको थियो। कुनै बेला यिनै नेताहरूले गरेका आह्वान, अपिलमा विश्वस्त हुँदै जनआन्दोलन, जनविद्रोह र सशस्त्र संघर्षमा होमिएर कतिपयले जीवनबलिदान गरे, शारीरिक रूपमा विकलांग बने, परिवारजनबाट अलग्गिए, मानसिक, आर्थिक संकट भोगे।

सबैलाई थाहा भएकै कुरा हो– अहिले तिनैव्यक्तिहरूले सत्ता सम्हालेका छन्, राज्यका नीति–निर्माता बनेका छन्। स्रोत, साधन र शक्तिमा एकलौटीराज गरेका छन्। तर फेरि पनि सुशासन, पारदर्शिता, समता र सामाजिक न्यायका सन्दर्भमा किन यतिविघ्न लुला भए ? राज्य संरचनाभित्र आर्थिक विचलनका घटना बाहिर आएका छन््, नीतिगत भ्रष्टाचारलाई संरक्षण गर्न खोजिएका छन्। चुस्त कार्य सम्पादनमा सरकार खरो उत्रिन सकेको छैन।संघीयतालाई सरकार जनताका घरदैलोमा पुग्ने व्यवस्था भनिएको छ तर झिनामसिना काम गराउनपनि नागरिक, प्रशासनबाट टाढा हुँदै गइरहेका छन्।

सार्वजनिक सडकको अवस्थादेखि विकास निर्माणमा ठेक्कदारहरूको गैरजिम्मेवार व्यवहारलाई तह लगाउन सरकारले सकेको छैन। जुन लज्जास्पद कुरा हो। अकासिएको बजार भाउले निमुखा नागरिकका चुलाचौका उजाडिएका छन्। अस्पताल धाएर पनि जनताले सहज रूपमा औषधि/उपचार पाउँदैनन्। सामुदायिक विद्यालयहरूमा निःशुल्क भनिए पनि स्तरीय र सहज शिक्षा उपलब्ध छैन। निर्मला पन्तदेखि सुमन शाक्य हत्याकाण्डसम्म सत्ता कहाँ छ भन्ने बोध जनताले गर्न पाएका छैनन्। यस्तोमा अदालत उन्मत्त साँढेजस्तै बेलगामभेटिन्छ। ठूलो संघर्षबाट संस्थागत गरिएको आजको परिवर्तित शासन सत्ताबाट आमजनताले गरेका अपेक्षा यस्तै हुन् त ?

कुनै बेला भूमिगत अवस्थामा सँगै सुत्दा÷हिँड्दा सुक्खा कोदो वा फापरको रोटी चपाउने, फाटेका चिनियाँ कपडाको जुत्तामा वर्षौं बाटो नाप्ने राजनीतिक सहयात्रीहरू अहिले चिल्ला गाडीमा काठमाडौंका सडकमा ओहोरदोहोर गर्छन्। पाँच आनामैकिन नहोस्, उपत्यकाभित्र आधुनिक घरका मालिक बनेका छन्। जसका लालाबाला अभिजात वर्गका सन्तानहरूसँगै अंगे्रजी भाषामा सिकाइने स्तरीय बोर्डिङमा पढ्ने भएका छन्। आफ्ना श्रीमतीका नाममा केही कम्पनीका सेयर तथा बैंक खाता सुरक्षित गरेका छन्। समाजको अर्को पाटोमा दलीय वरदप्राप्त गर्न सिपालु यिनीहरू नव अभिजात वर्गमारूपान्तरण भएका छन्।

अचम्म छ–सडकमा अहिले सुुनिन थालेका विमतिका स्वर, असन्तोष तथा आक्रोशलाई प्रधानमन्त्रीलगायत आजका शासकले पनि हिजोका शासकले झैं सजिलैसँग व्यवस्था वा प्रणालीसँग जोडेर आफू चोखिने कुटिल व्याख्या गरिरहेका छन्। तर उनीहरूले कुनै बेला आन्दोलन, सशस्त्र संघर्ष वा चुनावका बेला गरिएका वाचाहरू, देखाइएका सपनाहरू अहिलेझूटा र असत्य साबित हुँदै गएपछि आमजनताको मनमस्तिष्कमा उत्पन्नचरम वितृष्णा एवंअसन्तुष्टि सडकमा पोखिएका हुन् भनेर बुझ्न सकेनन्÷चोहनन् अनि जनताको विरोध स्थापित राजनीतिक व्यवस्थाप्रति होइन, त्यसमा रजाइँ गर्ने व्यक्तिहरूका गलत शैलीविरुद्ध लक्षित हो भनेर बोध गर्न सकेनन्।

अजीव आचरण र जीवनशैलीका कारण नेताहरू जनताका नजरमा स्खलित हुँदै गइरहेका छन्, उनीहरूप्रति श्रद्धा र सम्मानको साटोवितृष्णा र घृणा चुलिँदै गएका छन्। जनताबाट सडकमा प्रकट आवेग र आक्रोश सुधारका लागि, सुध्रिनाका लागि गरिएकाकेवल खबरदारी हुन् भनेर नेताहरूले बुझ्न सक्नुपथ्र्यो। आफ्ना कमीकमजोरी, त्रुटिमा आत्मसमीक्षा गर्ने आत्मबल अभावमा हाम्रा नेताहरूले जुन किसिमको गलत व्याख्या र विश्लेषण गरिरहेकाछन् त्यो यथार्थमा आत्मघाती बन्न सक्छ। अनौठो हो, हिजो अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र विदेशी सामन्ती शक्तिविरुद्ध हुंकार गर्ने अग्रज नेताहरू आज सडक किनारामापातपतिंगर उड्दा पनि त्रसित हुन्छन् ! किन बढ्योयस किसिमको कातरपना? स्वाभाविक हो, यस्तोमा इतिहासले थन्क्याइसकेको राजतन्त्रका प्रतिनिधिभन्ने लाछीहरूको अस्वाभाविक डकारमा पनि नेताहरूको मथिंगल हल्लिन्छ।

प्रकाशित: १९ भाद्र २०७६ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App