coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रहरीबाट महिलामाथि यौनहिंसा

 मेक्सिको सिटी– मेक्सिकोको प्रहरीले महिलामाथि यौन हिंसा गर्ने गरेको विश्व मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।

 उक्त संस्थाले दिएको जानकारी अनुसार मेक्सिकोको प्रहरी तथा सशस्त्र सुरक्षा बलले पक्राउ गर्ने क्रममा र अनुसन्धान एवम् पुर्पक्षका लागि थुनामा राख्दा  महिलामाथि यौन हिंसा गर्ने गरेको पाइएको छ ।

मंगलबार मेक्सिकोमा सार्वजनिक गरिएको एम्नेस्टी इनटरनेशनलको प्रतिवदेनले पक्राउ गरिएका महिलामा गरिएको अनुसन्धानमा त्यस्तो पाइएको जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले यसरी पक्राउ गरी यौन हिंसामा परेका भनिएका १०० जना महिलासँग अन्तरवार्ता गरेको थियो ।

अन्तरवार्तामा संलग्नमध्येका अधिकांश महिलाले आफूहरुमाथि पक्राउ गर्ने क्रममा र त्यसपछि पनि सुरक्षाकर्मीले दुव्र्यवहार र यौन शोषण गर्ने गरेको जानकारी गराएका थिए ।  

अन्तर्वार्तामा संलग्नमध्येका दशमा सात जना महिलाले आफूहरुमाथि सुरक्षाकर्मीले यौन शोषण गर्ने गरेको जनाएका थिए । यस क्रममा प्रहरीले उनीहरुलाई र उनीहरुका परिवारलाई नै धम्क्याउने गरेको जानकारी दिएका थिए ।

 नियन्त्रणमा लिएपछि महिलालाई शारीरिक यातना दिने, यौन शोषण गर्ने तथा कहिलेकाहीँ त यसरी पक्राउ गरिएका महिलालाई धम्क्याएर उनीहरुका परिवारमाथि समेत दुव्र्यवहार तथा बलात्कार गर्ने गरेको पाइएको ती महिलाले बताएको सो प्रतिवेदनमा उल्लेख छ ।

समाजका गरिब तथा न्युन आय भएका महिला प्रहरीको यौन हिंसाको शिकार बन्ने गरेका हुन् । उनीहरुले समाजमा आवाज उठाउन नसक्ने र प्रहरीका विरुद्धमा उजुरी गर्न नसक्ने हुनाले प्रहरीले यस्ता महिलाई हिंसा गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

न्युन आय भएका परिवारका महिलालाई गरिने व्यवहारका बारेमा यसअघि पनि बारम्बार मेक्सिकोका मानवअधिकारवादी संघसंस्थाले प्रश्न गर्ने गरेका थिए ।

 मेक्सिकोमा आयआर्जनका लागि महिलाले यौन पेसा पनि अपनाउने गरेका छन् । ती महिलालाई पनि प्रहरीले यसरी नै शोषण गर्ने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

 

प्रकाशित: १५ असार २०७३ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App